२१ भाद्र २०८३, आईतवार
,
Latest
आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई क्रान्तिकारी बनाउन आवश्यक परे टाउकोमा आगो लगाएर हिडन तयार छु: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पार्टीलाई क्रान्तिकारी बनाउने आवश्यक पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार बताउनु भएको छ ।

प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफुले पेश गरेको  प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भन्नुभयो 'अहिले पनि एउटा छलाङ हान्न खोजेको छौ जरुरी पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं ।’ उहाँले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताउनु भयो । उहाँले भन्नुभयो ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको स्मरण गर्दे भन्नुभयो , ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।’
 




भर्खरै