१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यार्थीहरूका लागि ‘पढ्दै, सिक्दै र कमाउँदै’ को वातावारण सृजना गर्न पाठ्यक्रम परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।

बागमती प्रदेश विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरूसँगको सम्झौता कार्यक्रममा आज उहाँले पाठ्यक्रममा आवश्यक परिमार्जन गरी शिक्षा नीतिमा रोजगार सृजना गर्ने र डिजिटल प्राणाली अवलम्बनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

विगतको शिक्षा प्राणलीले बढी अप्राविधिक जनशक्ति उत्पादन गरेकाले बेरोजगार बढेको बताउँदै मुख्यमन्त्री बानियाँले अबको शिक्षालाई प्रविधि र सीपसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

एक्काइसौँ शताब्दी र एआइको युगमा शिक्षालाई प्रविधि, सीप र तालिमसँग जोडेर जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उहाँले परम्परागत प्रणालीमा परिवर्तन गरी प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसअघि अभिभावकविहीन अवस्थामा देखिएको शैक्षिक संस्थालाई अब प्रदेश सरकारले आफ्नो अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसहरूलाई सबल र सक्षम बनाउन निगरानी र सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेश विश्वविद्यालय र पाँचवटा क्याम्पसबीच आङ्गिक क्याम्पसका रूपमा सम्झौता भएको छ । भवानीशङ्कर बहुमुखी कलेज, जनमैत्री बहुमुखी कलेज, कपन बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस र माडी क्याम्पससँग बागमती प्रदेश विश्वविद्यालयले सम्झौता गरेको हो ।  रासस