२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ ।

नुवाकोट बेलकोट नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिकास्थित ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही मङ्सिर २४ गते राति सिनामङ्गलस्थित राजश्री फाइनान्सबाट र गएराति १२ः३० बजे काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरीको रु १० लाख २३ हजार ५०० नगद र विभिन्न सामानसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका गजुरेललाई काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । निजविरुद्ध यसअघि सहकारी चोरी, चोरी, लागुऔषध तथा अभद्र व्यवहार शीर्षकमा २२ वटा मुद्दा दर्ता भएका जनाउँदै उहाँले केन्द्रीय कारागार जगन्नाथ देवलबाट भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भागी फरार रहेको देखिएको बताउनुभयो ।

निजको साथबाट चोरीका सामानसहित खैरो रङको सोने लेखेको ब्याग एक थान, चोरी गर्दा प्रयोग गरेको हरियो रङको हुडी एक थान, स्पोर्ट लेखेको पञ्जा एक थान, चाँदीजस्तो धातु देखिने पाएल दुई थान, क्यानन क्यामेरा एक थान, नेक्सजेन लेखेको हार्डड्राइभ एक थान, विड् इलिमेन्टस् लेखेको हार्ड ड्राइभ एक थान, रजिष्टर एक थान, नागरिकता, विभिन्न कागजात तथा बैंकको चेक बरामद गरिएको प्रहरीले जनाएको छ । रासस