२६ मंसिर २०८२, शुक्रबार
,
Latest
समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट राईको उम्मेदवारी घोषणा



pDd]bjf/L 3f]if0ff ub}{ ld/]z /fO{ vf]6fª, @^ dlª;/ M /fli6«o kl/jt{g kf6L{ vf]6fªn] z’qmaf/ lbQm]ndf cfof]hgf u/]sf] ;efdf cfufdL kmfu’g–@! ut x’g] k|ltlglw;ef lgjf{rgsf nflu pDd]bjf/L 3f]if0ff ug’x’Fb} @% jifL{o o’js ld/]z /fO{ . t:jL/ M s]bf/ du/÷/f;;
अ+ अ-

खोटाङ। राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिरेश राईको एकल उम्मेदवारी परेको छ ।

पार्टीले दिक्तेलमा आयोजना गरेको सभामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम निवासी २५ वर्षीय युवक राईले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

महेन्द्र रत्न क्याम्पस बहुमुखी ताहाचलमा शिक्षा शङ्काय लिएर स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उम्मेदवार राई जेनजी आन्दोलनमा सहभागी युवक हुनुहुन्छ । प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि उम्मेदवार भएका जिल्लाका अन्य उम्मेदवारभन्दा राई कम उमेरका रहेका राष्ट्रिय परिवर्तन पार्टीले दाबी गरेको छ ।

युवाको माग र पूराना राजनीतिक दलप्रति जनतामा निराशा बढ्दै गएकाले ती निराशा चिर्नका लागि आफूले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी घोषणा गरेको राईले बताउनुभयो । आगामी फागुनमा हुने चुनावका लागि राष्ट्रिय परिवर्तन पार्टीले सात बुँदे चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।

चुनावी घोषणापत्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, शून्य भ्रष्टाचार, सुशासन र इमान्दार राजनीति, ‘अबको देश विकासमा नेपालका युवा नेपालमै’, जनताप्रति पूर्ण पारदर्शी सरकार, राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा तथा नेपाली भेष, न्याय, शिक्षा र स्वास्थ्यको देशलगायत बुँदा समेटिएका छन् । उम्मेदवारी घोषणासभामा सहभागी हुनुअघि दिक्तेल बजारमा चुनाव चिह्न ‘बाँसुरी’ सहितको ¥याली प्रदर्शन गरिएको थियो ।

उम्मेदवारी घोषणा गर्नुअघि राष्ट्रिय परिवर्तन पार्टी खोटाङले २१ वर्षीय युवक तपसेन राईको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमति गठन गरेको थियो ।

समितिको उपाध्यक्षहरूमा दौमन्ता राई, पवन चौलागाईं र युशन राई, सचिवमा रामकुमार राई, सहसचिवमा सुमन मगर र गङ्गा राई, कोषाध्यक्षमा ऋतु राई र सहकोषाध्यक्ष शम्भू नेपाली रहनुभएको पार्टीले जनाएको छ । रासस