२६ मंसिर २०८२, शुक्रबार
,
Latest
वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ इजरायलली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छः मुख्यमन्त्री पाण्डे



फाइल फोटो
अ+ अ-

गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताउनुभएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-८ महादेवटारस्थित श्री जागेश्वर माध्यामिक विद्यालयको आज आयोजित स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा उहाँले विविध कारण यसअघि निर्माण रोकिएको आयोजनाको काम तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले गोरखा र धादिङको सिमानामा बन्ने उक्त आयोजनाले जलविद्युत् क्षेत्रको विकासमात्र नभई प्रभावित क्षेत्रका जनताको आयआर्जनमा सहयोग पु¥याउने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो ।

उहाँले सङ्घ सरकारलाई आयोजना शीघ्र सम्पन्न गर्न दबाब दिने उद्देश्यले गोरखा र धादिङमा पर्ने बुढीगण्डकी करिडोर क्षेत्रमा गण्डकी र बाग्मती प्रदेश सरकारको संयुक्त बैठकको तयारी भइरहेको जानकारी दिनुभयोे ।

“अब आयोजना क्षेत्रका स्थानीय सरकारका प्रतिनिधिलाई पनि राखेर दुवै प्रदेश सरकारको बैठक करिडोर क्षेत्रमा गर्ने गरी छलफल भइरहेको छ, आयोजना निर्माण जसरी भए पनि छिटो सम्पन्न गर्नुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

आयोजना निर्माणको अन्योलता हटाउन पटकपटक पहल गर्दै आएको बताउँदै उहाँले त्यसलाई मूर्तरुप दिन नसकिएको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पाण्डेले सकारात्मक सोचले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै देशमा केही पनि भएन भन्ने भाष्य सृजना गरेरमात्र देश नबन्ने उल्लेख गर्नुभयो ।

“अहिले सबैले ठगेर खाइरहेका छन्, सबैले लुटेर खाइरहेका छन्, सबैले भ्रष्टाचार गरेर खाइरहेका छन् भनेर भाष्य निर्माण गर्ने कोसिस भइरहेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अहिले वास्ताविकता बुझ्ने प्रयास कसैले गरेका छैनन्, नकारात्मक सोच र भावनाले मात्र देश बन्दैन ।” सबैको सामूहिक प्रयासले समृद्ध नेपाल निर्माण गर्न सकिने उहाँको भनाइ छ ।रासस