२७ मंसिर २०८२, शनिबार
,
Latest
मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री



प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठककमf प्रधानमन्त्री सुशीला कार्की । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको बताउनुभएको छ ।

जय मातृभूमि पार्टीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिनुभयो । राजनीति गर्नेहरुले केबल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

“खाली विचार मात्र पोख्ने दल धेरै भए । काम र रोजगारीमा केन्द्रित रहेर काम गर्ने भएनन् । यही कारण मुलुकको आर्थिक अवस्था कमजोर भयो । रोजगारीका अवसर मुलुकमा भएनन् । विदेश पलायन हुनुपर्ने बाध्यता बन्यो”, प्रधानमन्त्री कार्कीले  भन्नुभयो, “यसको परिणाम स्वरुप युवामा वितृष्णा बढ्यो । आन्दोलन भयो । अब यस्तो आन्दोलन गर्न नपर्ने गरी काम गरौँ ।”

प्रधानमन्त्री कार्कीले राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध व्यक्तिलाई जिताएर संसद्मा पठाउन आग्रह गर्नुभयो । एक÷एक जनाको राम्रो प्रयासले नै मुलुक सुशासनयुक्त र समृद्ध हुने उहाँको भनाइ थियो ।

प्रतिनिधिमण्डलमा जय मातृभूमि पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहनुभएको थियो । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाही हुनुपर्ने माग राखेको छ ।  रासस