१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ

सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ
अ अ+ अ-

स्याङ्जा। प्रचारप्रसारको अभावमा सबैमाझ पुग्न नसकेको स्याङ्जाको फेदिखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपाल बाल गृहमा पुग्नु भएका नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले सेवाको भावले गरिएको कामको प्रचारप्रसार नहुने बताउनु भएको छ ।

अभिभावक बिहिन बनेका सडक बालबालिकाहरुलाई अभिभावकीय भुमिका निर्वाह गर्दै आएको बालगृह पुग्नु भएका पुर्व मन्त्री गुरुङले बालगृह संचालीका कमला पराजुली राज्य भन्दा ठुलो अभिभावक बनेको भावना व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ” सहारा बिहिन बालबालिकाको अभिभावक बनेर जुन कर्म गर्नुभएको छ त्यहीँ नै धर्म हो, धर्म गर्न अन्यत्र कतै जानु पर्दैन ।”

डाक्टर मनोर सयदको पहलमा बालगृहमा रहेका ४६ बालबालिकाहरुलाई न्यानो कपडा र हिटर लिएर पुग्नु भएका उहाँले रुकुमको भुकम्प बाट अभिभावक बिहिन बनेका ५ जना बालबालिकाहरुको अभिभावक बनेको भन्दै ती बालबालिकाको पठनपाठनको जिम्मेवारी समेत लिएको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो “देश सुन्दर बनाउन बालबालिकाको भबिस्य सुन्दर हुनुपर्छ । त्यसैले मैले पनि रुकुम भुकम्पमा आमा बुबा गुमाएका ५ जना बालबालिकाहरुलाई काठमाडौ ल्याएर पढ्ने व्यवस्था मिलाएको छु ।

त्यस्तै यहीँ स्याङ्जाको विरुवा गाउँपालिकामा अभिभावक बिहिन बनेको बालकलाई काठमाडौमा बस्ने र पढ्ने व्यवस्था मिलाएको छु ।” बालबालिकाको भबिस्यको लागी आफुले अहिलेसम्म सकेको प्रयास गरेको स्मरण गराउदै यस्तो कामको चर्चा खोज्न नहुने धारणा समेत राख्नुभयो ।

सहाराबिहिन बालबालिकाहरुको अभिभावक बनेर जिबन बेतित गर्न पाउदा जिन्दगीले सार्थकता पाएको महसुस भएको बाल गृह संचालिका कमला पराजुली धारणा राख्नुभयो । २०६८ साल देखी वैदेशिक सहयोग बिना बालगृह संचालन गरेको स्मरण सुनाउदै उहाँले प्रचारप्रसारको अभावमा बालगृह पछी परेको समेत संचारिका पराजुलीले बताउनुभयो

। उहाँले भन्नुभयो ” हामीले मिलाएर बोल्न जान्दैनौ, गरेको काम यहीँ अगाडि छ, काममा मात्रै गर्दा प्रचारप्रसार भएन, प्रचारप्रसार नहुदा सहयोग गर्न चाहने मन भएका सहयोगीदाता जोडिन सक्नु भएन, सहयोगीदाता जोडिन सकेको भए यसलाई अझै व्यवस्थित बनाएर चलाउने थियौ ।”

न्यानो कपडा हिटर लिएर पुग्नु भएका डाक्टर मनोर सयदले बर्षमा एक पटक आफुले सकेको सहयोग लिएर आउने गरेको धारणा राख्नुभयो उहाँले भन्नुभयो ” म सके धेरैपटक नसके बर्षमा एक पटक सहयोग लिएर आउने गरेको छु ।”