२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर



अ+ अ-

ललितपुर। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अधिकार र दायित्वको समुचित प्रयोग र परिपालनाबाट मात्रै मानव अधिकारमैत्री समाजको निर्माण हुनसक्ने बताउनुभएको छ ।

७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस तथा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मगरले समसामयिक मानव अधिकारका सवाल, जलवायु परिवर्तन, भ्रष्टाचार र मानव अधिकारजस्ता विषयलाई प्राथमिकतामा राखी काम गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

“नेपालको मानव अधिकारको कुरा गर्दा सङ्क्रमणकालीन न्यायको विषयलाई अलग गर्न मिल्दैन, १० वर्षे सशस्त्र द्वन्द्रको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितको न्यायपरिपूरणको विषय हामी सबैको साझा सरोकार र जिम्मेवारीको विषय भएको छ, सङ्क्रमणकालीन न्यायका विषयलाई यथाशीघ्र निष्कर्षमा पु¥याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले सुशासन, सामाजिक न्याय, जवाफदेहिता र नवपुस्ताको मागलाई सम्बोधन गर्नु अनिवार्य रहेको बताउनुभयो ।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष एवं १७औँ मानव अधिकार महाभेला २०८२ का संयोजक शोभा विसीले विधिको शासन र मानव अधिकारको रक्षाका लागि क्रियाशील रहेर सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले जेनजी आन्दोलनले देशको अस्तित्व, संविधान र लोकतन्त्रमाथि नै खतरा उत्पन्न भएको अवस्थामा प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गर्नुभयो ।

समारोहमा सरोकारवालाहरुले समयमै शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी सुव्यवस्थित शासन व्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका थिए । रासस