२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास



अ+ अ-

काठमाडौं: गरिमा विकास बैंक सर्लाही, मलगंवाका एक जना ऋणीले आज जिल्ला प्रहरी कार्यालय सर्लाहीको हातामा आत्मदाहको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार बैंकका ऋणी नथुनी मुखिया बिनले बुधबार शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेका थिए ।

प्रहरी र त्यहाँ रहेका अन्य व्यक्तिले मुखियालाई तत्कालै उद्धार गरेका थिए । घाइते उनलाई मलंगवा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको छ ।

बैंकले आफूलाई ठगेर सबै जग्गा जमिन लिलामी गरेको मुखियाले आरोप लगाएका छन् । प्रहरी, प्रशासनले समेत बैंकबाट पैसा खाएर आफूलाई असहयोग गरेको मुखियाले बताएका छन् ।