२९ श्रावण २०८३, शुक्रबार
,
Latest
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास



अ+ अ-

काठमाडौं: गरिमा विकास बैंक सर्लाही, मलगंवाका एक जना ऋणीले आज जिल्ला प्रहरी कार्यालय सर्लाहीको हातामा आत्मदाहको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार बैंकका ऋणी नथुनी मुखिया बिनले बुधबार शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेका थिए ।

प्रहरी र त्यहाँ रहेका अन्य व्यक्तिले मुखियालाई तत्कालै उद्धार गरेका थिए । घाइते उनलाई मलंगवा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको छ ।

बैंकले आफूलाई ठगेर सबै जग्गा जमिन लिलामी गरेको मुखियाले आरोप लगाएका छन् । प्रहरी, प्रशासनले समेत बैंकबाट पैसा खाएर आफूलाई असहयोग गरेको मुखियाले बताएका छन् ।

 




भर्खरै