२१ श्रावण २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड सर्पदंशको उपचार ढिलाइ हुँदा ज्यान जोखिममा राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।