२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहनुभएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गर्नुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो ।

भेटमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शान्तिपूर्ण वातावरणमा निर्वाचनका लागि शुभकामना दिनुभएको थियो । उहाँले भन्नुभयो, “जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ, हाम्रो शुभकामना छ ।”

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही मङ्सिर १६ गने ९५ वर्षको उमेरमा निधन भएको थियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको र ती भ्रामक रहेकाबारे प्रधानमन्त्री कार्कीलाई स्पष्ट गर्नुभएको जनाइएको छ । रासस