२२ मंसिर २०८२, सोमबार
,
Latest
सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेर दल दर्ताको निवेदन हस्तान्तरण गर्नुभएको हो ।

आयोगले उक्त प्रणालीतर्फको कार्यक्रम गत शनिबारदेखि सुरू गरेको थियो । यस प्रणालीका लागि दल दर्ताका लागि यही मङ्सिर २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आयोगले आग्रह गरेको छ । रासस