१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
अ अ+ अ-

झापा। अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल प्रतिस्पर्धामा पुलिस क्लबले उपाधि जितेको छ ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

उपाधिसँगै पुलिसले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एपिएफले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा पाएको छ । पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो । पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ अङ्कले जितेको हो । एपिएफले दोस्रो सेटमा पुलिसलाई २५–२० अङ्कले हराएको थियो ।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री भइन् । उनले नगद रु १५ हजार र ट्रफी पाइन् । बेस्ट प्रशिक्ष्ँक पुलिसका रुपेश विष्ट भए । उनले नगद रु १० हजार र ट्रफी पाए । त्यस्तै, बेस्ट स्पाइकर एपिएफकी सृष्टि खड्गी, बेस्ट ब्लकर पुलिसकी मनिषा चौधरी, बेस्ट सर्भर एपिएफकी जोस्ना महतोे, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबरो एपिएफकी जमुना रसाइली भए । उनीहरुले जनही नगद रु १० हजार र ट्रफी प्राप्त गरे ।

लक्ष्मी माविको खेलमैदानमा भएको प्रतियोगिताको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी मावि थिए । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।

विजेता तथा उपविजेतालाई आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, प्रमुख अतिथि अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रतियोगिताका प्रमुख सल्लाहकार वीरबहादुर राई, संयोजक प्रभा काम्बाङ, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।  रासस