१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने

अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने
अ अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सप्ताहव्यापी रूपमा आप्रवासी दिवस मनाउने तयारी गरेको छ ।

मन्त्रालयमा आज सचिव डा कृष्णहरि पुष्करको अध्यक्षतामा कर्मचारी र सरोकारवलाबीच बसेको बैठकले दिवसको तयारीबारे छलफल गरेको हो । डिसेम्बर १८ तारिखमा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाउने गरिएको छ । जसअन्र्तगत नेपालले पनि हरेक वर्ष राष्ट्रिय नारा तयारी गर्दै यो दिवस मनाउने गर्छ ।

यसै सन्र्दभमा दिवसको रचनात्मक तयारीका लागि मन्त्रालयले व्यवस्थापन तथा सहजिकरण समिति गठन गर्ने निर्णय गरेको छ । साथै, समितिले नै समय सुहाउँदो राष्ट्रिय नारा राख्ने र कामको बाँडफाड गर्ने सचिव डा पुष्करले बताउनुभयो । उहाँका अनुसार विगतमा भन्दा यो वर्ष फरक र सन्देशमूलक ढङ्गले आप्रवासी दिवस मनाउने तयारी छ ।

यो वर्ष आप्रवासनबारे सकारात्मक जनभावना अभिवृद्धि गर्न कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका हुँदै राष्ट्रपति कार्यालयसम्म पैदल यात्रा गर्ने योजना रहेको सचिव डा पुष्करले जानकारी दिनुभयो । साथै उहाँले आप्रवासनका मुख्य गन्तव्यका दुतावासमा गएर हस्ताक्षरसहितको धन्यवादपत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।

“आप्रवासी संस्कृतिलाई सकेसम्म सकारात्मक र ऊर्जावान बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “कुनै पनि देशको विकासमा आप्रवासी संस्कृतिले अहम भुमिका खेलेको हुन्छ र आप्रवासी संस्कृति प्राचीन परम्परा पनि हो ।”

पछिल्लो समय वैदेशीक रोजगारमा श्रम बेचेर स्वदेशमा समेत योगदान दिने नागरिक बढ्दै गएका छन् । आप्रवासीलाई पलायन भएको भन्न नमिल्ने र उनीहरुलाई मर्यादित बनाउन सप्ताहव्यापी दिवस मनाउन आवश्यक रहेको सचिव डा पुष्करले बताउनुभयो ।

छलफलमा वैदेशीक रोजगार सङ्घ, श्रम विभाग, गैरआवासीय नेपाली सङ्घ (एनआरएन)लगायतका सङ्घसंस्थाले दिवस प्रभावकारी बनाउन सुझाव दिएका थिए । रासस