२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गर्नु भएको छ ।

एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को ब्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको हो ।

खेलकुद विकास ऐन २०७७को दफा १७ को उपदफा १२ बमोजिम अर्को ब्यवस्था नभए सम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णय अनुसार जिम्मेवारी दिएको छ। यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चार बर्षे कार्यकाल पुरा गरि विदा लिनु भए पछि सदस्य सचिवको पद रिक्त थियो ।

परिषदमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सदस्य सचिव मेहताले सुसाशन र पारदर्शी रुपमा कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिनु भयो । आफु सदस्य सचिवको पदमा रहुन्जेल परिषदमा नमूना योग्य काम गर्ने पनि उल्लेख गर्नु भयो ।

परिषदका कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा ब्यवस्थापन सर्भे लगायतका काम प्रमुख दायित्व भएको उल्लेख गर्नु भएको थियो ।

मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरु कमल भट्टराई, भान बहादुर चन्द बोर्ड सदस्यहरु परिषदका विभाग र शाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।