१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छः प्रशिक्षक टमाटा

सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छः प्रशिक्षक टमाटा
अ अ+ अ-

काठमाडौँ। अपराजित रहँदै छैटौँ जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

आज भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले १२ अङ्क जोड्दै एक खेल अगावै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

साविक उपविजेता सुदूरपश्चिमको लक्ष्य उपाधि जित्ने रहेको उक्त टोलीका प्रशिक्षक जगत टमटाले बताए। उनले भने, “हामो लक्ष्य च्याम्पियन बन्ने हो, यसपाली जसरी पनि उपाधि रक्षा गछौँ।”

आजको जीतमा कप्तान दीपेन्द्रसिंह ऐेरी र ट्यालेन्ट हन्टबाट छानिएर आएका आजको खेलमै डेब्यू गरेका हिक्मत महराको महत्वपूर्ण योगदान रहेको प्रशिक्षक टमटाको भनाइ छ । दीपेन्द्र मल्टी ट्यालेन्टेड खेलाडी भएको र उनको सबै पक्ष राम्रो भएको उनले बताए।

महरा नेपाली क्रिकेटमा भविष्य खोज्दै गरेका खेलाडी भएको र पहिलो खेलमै विकेट लिनु सुखद पक्ष भएको प्रशिक्षक टमाटाले बताए। “उल्लेख्य दर्शकका अगाडि त्यो उमेरको खेलाडीले डेब्यू खेलमा गरेको प्रदर्शन सम्झनलायक छ”, उनले भने । प्रशिक्षक टमाटाले सुदूरपश्चिमका समर्थकलाई पनि समर्थनका लागि धन्यवाद दिए ।

यस्तै सुदूरपश्चिमसँग पराजित भएपछि चितवन राइनोजका बलिङ प्रशिक्षक मनिष सखलकरले राम्रो गर्दा गर्दै पनि पनि पराजित हुनुपरेको बताए ।

उनले भने, “हाम्रा खेलाडीले राम्रो खेले तर हाम्रोभन्दा राम्रो सुदूरपश्चिमले खेलेकाले नतिजा हाम्रो पक्षमा आएन ।” बाँकी खेलमा जित निकालेर चितवनको प्लेअफमा पुग्ने सम्भावना बाँकी रहेको उनको भनाइ थियो ।