१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह
अ अ+ अ-

काठमाडौँ। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले विदेशी मह आयातलाई रोक्दै नेपाली महलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी विदेशी महको आयात रोक्न र माहुरीपालक किसानहरूलाई तालिम, प्रशिक्षण, अनुदान दिँदै मह उद्योगहरूको आवश्यक अनुगमनसहित स्वदेशी मह उत्पादन क्षेत्रको प्रवद्र्धनको कार्यक्रम अघि सार्न सरकारसँग आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिदएको छ, “कृषिप्रधान देश नेपालको दुई तिहाइ जनसङ्ख्या आफ्नो जीवन र जीविकाका लागि कृषि पेसामा आश्रित रहेको र देशको अर्थतन्त्रमा झन्डै एक तिहाइ हिस्सा ओगट्ने भएकाले सरकारले गर्ने सामान्य नीतिगत निर्णयहरूले पनि जनसङ्ख्याको ठूलो हिस्सा र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न जान्छ ।”

महासङ्घले परालको काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादनका निम्ति पराल ल्याउने क्रममा चाङ देखाएर विगत केही समयदेखि भँवरलोड÷ओभरलोड भएको भन्दै तराईका विभिन्न जिल्लामा प्रहरीले प्रतिट्रक रु ५०० देखि एक हजारसम्म घूस लिएर ढुवानीको ट्रक छाड्ने गरिएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गरेको छ । घूस लिने भएको कारण केही दिनदेखि परालको ढुवानी पूर्ण रूपमा बन्द गरिएको महासङ्घका अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभएको छ, “यो देशभर धान–पराल भित्र्याउने र बिक्री वितरण गर्ने समय हो । धानको भण्डारका रूपमा रहेको तराईका किसानहरूले धान–पराल बेच्ने र पहाड तथा विशेषगरी काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादक किसानले ठूलो मात्रामा पराल खरिद गरी भित्र्याउने समय हो, त्यसैले तसर्थ यस कार्यमा संलग्न भ्रष्ट प्रहरीहरूलाई कारबाही गर्न र परालको ढुवानीलाई सहजीकरणसहित अविलम्ब खुलाउन हामी जोडदार माग गर्दछौँ ।”