१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाममा युटिआर अन्तर्राष्ट्रिय टेनिस खेल्दै अभिषेक



अ+ अ-

कास्की। पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै भियतनाममा सञ्चालन हुने युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही मङ्सिर २२ देखि २८ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा २३ वर्षीय बास्तोलाले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनी अमेरिकामा अध्ययनरत छन् । बास्तोला अन्तरराष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)को विश्व वरियताका खेलाडी हुन् ।

पोखरामा आज आयोजित कार्यक्रममा उनले तयारी राम्रो रहेकाले भियतनाममा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । बास्तोलाका अनुसार युटिआर रेटिङ १ देखि १६ भित्रका खेलाडीबीच प्रतिस्पर्धा हुन्छ ।

“युटिआर टेनिस प्रोमा विश्वका तीन हजार वरियताभित्रका खेलाडी आमन्त्रण गरिन्छ । यसभित्रको खेलाडी मात्र खेल्न मिल्छ । चाहना भएर मात्र हुँदैन तोकिएको -याङ्किङ हुनु पर्यो। यो प्रतियोगिता खेल्ने म एक्लो नेपाली खेलाडी हुँ”, उनले भने ।

पोखराबाट आठ वर्षको उमेरमा टेनिस खेल जीवन सुरू गरेका बास्तोलाले १३ वर्षदेखि अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । हालसम्म उनले २२ राष्ट्रमा प्रतिस्पर्धा गरिसकेका छन् ।