२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाममा युटिआर अन्तर्राष्ट्रिय टेनिस खेल्दै अभिषेक



अ+ अ-

कास्की। पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै भियतनाममा सञ्चालन हुने युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही मङ्सिर २२ देखि २८ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा २३ वर्षीय बास्तोलाले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनी अमेरिकामा अध्ययनरत छन् । बास्तोला अन्तरराष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)को विश्व वरियताका खेलाडी हुन् ।

पोखरामा आज आयोजित कार्यक्रममा उनले तयारी राम्रो रहेकाले भियतनाममा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । बास्तोलाका अनुसार युटिआर रेटिङ १ देखि १६ भित्रका खेलाडीबीच प्रतिस्पर्धा हुन्छ ।

“युटिआर टेनिस प्रोमा विश्वका तीन हजार वरियताभित्रका खेलाडी आमन्त्रण गरिन्छ । यसभित्रको खेलाडी मात्र खेल्न मिल्छ । चाहना भएर मात्र हुँदैन तोकिएको -याङ्किङ हुनु पर्यो। यो प्रतियोगिता खेल्ने म एक्लो नेपाली खेलाडी हुँ”, उनले भने ।

पोखराबाट आठ वर्षको उमेरमा टेनिस खेल जीवन सुरू गरेका बास्तोलाले १३ वर्षदेखि अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । हालसम्म उनले २२ राष्ट्रमा प्रतिस्पर्धा गरिसकेका छन् ।