१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने



फाइल फोटो
अ+ अ-

हेटौँडा।  हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले बताएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाहीको दायरा ल्याउने बताउनुभएको छ ।

सडक डिभिजिन कार्यालय हेटौँडाले गर्न लागेको सडक विस्तार अभियानमा बाधा नपुर्‍याउन आग्रह गर्दै प्रजिअ अधिकारीले सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गतेअगावै आफ्ना पसल अन्यत्र सार्ने र समान ‘सेल’ लगायतका अफर राखेर बिक्रीवितरण गरी सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ ।

केही व्यक्तिहरूले व्यवसायीहरूको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाकधम्की दिने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पुर्‍याउने गतिविधि गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रजिअ अधिकारीको सूचनामा उल्लेख छ ।

सडक विस्तारमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको उल्लेख गर्नुहुँदै प्रजिअ अधिकारीले सडक डिभिजन कार्यालयको यस अभियानमा कानुनविपरीत कार्य नगर्न/नगराउन अनुरोध गर्नुभएको छ । रासस