७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

सरकारलाई औषधि व्यवसायीहरुको चेतावनीः मंसिर १६ गतेसम्म माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुन्छौँ

सरकारलाई औषधि व्यवसायीहरुको चेतावनीः मंसिर १६ गतेसम्म माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुन्छौँ
अ+ अ-

काठमाडौँ । औषधि व्यवसायीहरुले औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् ।

आईतवार बिहान व्यवसायीहरुले विभागमा धर्ना दिएका हुन् । औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका छन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधि ऐन, दफा ११ लाई संशोधन गर्दा औषधि व्यवसायीहरुलाई पलायन गर्न खोजिएको आरोप लगाउनु भयो ।

उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गर्नुभयो । सरकारले मंसिर १७ गतेसम्म पनि आफूहरुका माग पूरा नगरे कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरु खोलिरहेको बताउँदै आईतवार दिनको १ घण्टा, सोमवार २ घण्टा गर्दै क्रमशः १७ गतेसम्म एक घण्टा बढाएर पसल बन्द गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जुन औषधि ऐन, दफा ११ लाई संशोधन गरेर ल्याइसकेपछि हाम्रो व्यवसायलाई पलायन गर्न ल्याइएको उपदफाको विरुद्ध नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्ता संघहरु मिलेर संघर्ष समिति बनाएका छौँ । तत्कालीन अवस्थामा स्वास्थ्यमन्त्री प्रदीप पौडेल रही रहँदा यसबारे प्रोटेस्ट गराएका थियौँ । उहाँलाई जानकारी गराएक थियौँ । यो त अति नै क्रुर किसिमको नियम बनाएको रहेछ, एक हप्ताभित्र सम्बोधन गर्छौं भन्नुभएको थियो । मन्त्रीज्युलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छौँ । स्वास्थ्यमन्त्रीले २ गते पठाएको ध्यानाकर्षण पत्र ९ गतेसम्म पनि पाउनुभएको रहेनछ । म सम्बोधन गर्छु भन्नुभएको थियो । १० दिनको अल्टिमेटम दिएका थियौँ । ११ गते बाध्य भएर एक घण्टाको मौन धारण गरेका थियौँ । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर काम गरिरहेका छौँ । आज हाम्रा सम्पूर्ण औषधि पसलहरु ११ देखि १२ बजेसम्म सटर डाउन भएका छन् । आज पनि माग पूरा भएनन् भने भोलि दुई घण्टा, पर्सि तीन घण्टा गरेर क्रमशः १६ गतेसम्म माग सम्बोधन भएनन् भने १७ गतेदेखि यो भन्दा कठोर निर्णय लिएर आन्दोलनमा उत्रिनेछौँ ।’

केही समय यता औषधि व्यवसायीहरुले आफ्नो मागहरु पूरा गर्न माग गर्दै धर्ना दिइरहेका छन् ।