४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ ।

एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक नेपाली खेलाडीको नाममा छ । बाँकी सबै विदेशी खेलाडी छन् ।

सबैभन्दा बढी अर्धशतक हिर्काउने खेलाडीमा सुदूरपश्चिम रोयल्सका तीन, विराटनगर किंस, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्सका दुई÷दुई खेलाडी छन् । यस्तै, चितवन राइनोज, कर्णाली याक्सका एक/एक खेलाडी रहेका छन् । व्यक्तिगत रूपमा सबैभन्दा बढी चितवनका विदेशी खेलाडी रवी बोपराले तीन अर्धशतक पूरा गरेका छन् ।

यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन् ।

सुदूरपश्चिम टोलीका नेपाली खेलाडी विनोद भण्डारी, विदेशी खेलाडीद्वय हर्मित सिंह, जोश ब्राउन, जनकपुरमा आबद्ध नेपाली खेलाडी आसिफ शेख, विदेशी खेलाडी वायन पार्नेल, विराटनगर किंग्सका नेपाली खेलाडी लोकेश बम, विदेशी खेलाडी मार्टिन गुप्टिल, कर्णालीका प्रियान्क पन्चालले एक÷एक अर्धशतक प्रहार गरेका छन् ।

कर्णालीका विदेशी खेलाडी मार्क वाटमात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एकमात्र खेलाडी हुन् । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन् । वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए । यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।

सुदूरपश्चिम शीर्षमा, अङ्कविहीन जनकपुर

हालसम्मको अङ्कतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा देखिएको छ । उसले लगातार चार खेल जितेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम ‘प्लेअफ’ नजिक छ ।

गत सिजनको विजेता जनकपुर हालसम्म अङ्कविहीन छ । अनिल शाह कप्तानीको जनकपुरले तीनवटै खेल हारेको छ । अङ्कविहीन जनकपुरको ‘प्लेअफ’को बाटो साँघुरो बन्दै गएको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर चार खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा छ । उसको ‘प्लेअफ’को बाटो फराकिलो छ ।

कुशल मल्लले हाकेको चितवनले तीन खेलबाट चार अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ ।

अङ्कतालिकाको चौथो स्थानमा रहेको काठमाडौँले चार खेलमा दुई खेलमात्रै जितेको छ । करण केसीले सम्हालेको काठमाडौँलाई ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न बाँकी खेल जित्नुपर्ने हुन्छ ।

समान तीन खेलबाट दुई अङ्क मात्रै जोडेका सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा क्रमशः पाचौँ र छैटौँ स्थानमा छन् । प्लेअफको दौडमै रहेका यी दुवै टोलीले पनि बाँकी खेल जित्नैपर्ने दबाब छ ।

सातौँ स्थानमा रहेको रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्सले चार खेलमा एक खेल मात्रै जितेको छ । बाँकी खेलमा जीत हात पार्दै लुम्बिनी ‘प्लेअफ’ को बाटो तय गर्ने लक्ष्यमा छ, तर लयबाहिर रहेको लुम्बिनीलाई जीत निकाल्न कठिन छ ।

जारी प्रतियोगितामा सबैभन्दा बढी रन हिर्काउनेमा चितवनमा आबद्ध विदेशी खेलाडी रवी बोपरा छन् । उनले १८३ रन बनाएका छन् । बलिङतर्फ भने विराटनगरका कप्तान सन्दीप लामिछाने नौ विकेट लिएर पहिलो स्थानमा छन् ।

कीर्तिमानी टिमको ‘स्कोर’ बनाउने विराटनगर, कम बनाउने कर्णाली

जारी प्रतियोगितामा उच्च ‘स्कोर’ बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउनेमा सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध १९३ रन जोडेको थियो ।

जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।