१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च जलाएको आरोपमा पक्राउ परेका ढुङ्गेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग



अ+ अ-

काठमाडौं । अखिल क्रान्तिकारीले सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका विष्णु ढुङ्गेललाई तत्काल छाड्न माग गरेको छ ।

अखिल क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले विज्ञप्ति जारी गर्दै ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागीको प्रमुख अभियुक्तका रूपमा देखाएको भन्दै भर्त्सना समेत गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीमाथि भएको दमन, गिरफ्तारी र राजनीतिक प्रतिशोधको कार्य तत्काल बन्द गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पसका पूर्व अध्यक्ष, नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति, अधिवक्ता विष्णु ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागीको प्रमुख अभियुक्तका रूपमा देखाई सरकारले गरेको गिरफ्तारीप्रति अखिल (क्रान्तिकारी) उपत्यका विशेष समितिले घोर भर्त्सना गर्दछ ।’

आन्दोलनका क्रममा विद्यार्थीमाथि दमन गरी ७२ जनाको हत्या गर्न आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन सिडिओ, प्रहरी नेतृत्व तथा आन्दोलनलाई हाइज्याक गरेर प्रहरीको हत्या गराउने व्यक्तिहरूलाई छानबिन र कारबाही नगरी विद्यार्थीमाथि सरकार खनिएको भन्दै तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न वास्तविक घुसपैठ समूह माथि मात्र कानुनी कारबाहीको माग गर्दै विष्णु ढुङ्गेललगायत अन्य युवा विद्यार्थीलाई बिना सर्त तुरुन्त रिहाइ गर्न माग गरेको छ।

‘भदौ २३र२४ गतेका घटनाहरूको छानबिन गर्न जाँचबुझ आयोग गठन भइसकेको सर्वविदितै छ । ती घटनाहरूको छानबिन आयोगभित्रबाटै निष्पक्ष रूपमा हुनुपर्छ भन्दै हामी गम्भीर ध्यानाकर्षण पनि गराउन चाहन्छौँ ।’, विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको तस्बिर र भिडियो क्लिप मात्रलाई आधार बनाएर योजनाबद्ध रूपमा गरिएको गिरफ्तारी किमार्थ स्वीकार्य छैन ।’