४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

सर्वोच्च जलाएको आरोपमा पक्राउ परेका ढुङ्गेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग

सर्वोच्च जलाएको आरोपमा पक्राउ परेका ढुङ्गेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग
अ+ अ-

काठमाडौं । अखिल क्रान्तिकारीले सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका विष्णु ढुङ्गेललाई तत्काल छाड्न माग गरेको छ ।

अखिल क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले विज्ञप्ति जारी गर्दै ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागीको प्रमुख अभियुक्तका रूपमा देखाएको भन्दै भर्त्सना समेत गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीमाथि भएको दमन, गिरफ्तारी र राजनीतिक प्रतिशोधको कार्य तत्काल बन्द गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पसका पूर्व अध्यक्ष, नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति, अधिवक्ता विष्णु ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागीको प्रमुख अभियुक्तका रूपमा देखाई सरकारले गरेको गिरफ्तारीप्रति अखिल (क्रान्तिकारी) उपत्यका विशेष समितिले घोर भर्त्सना गर्दछ ।’

आन्दोलनका क्रममा विद्यार्थीमाथि दमन गरी ७२ जनाको हत्या गर्न आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन सिडिओ, प्रहरी नेतृत्व तथा आन्दोलनलाई हाइज्याक गरेर प्रहरीको हत्या गराउने व्यक्तिहरूलाई छानबिन र कारबाही नगरी विद्यार्थीमाथि सरकार खनिएको भन्दै तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न वास्तविक घुसपैठ समूह माथि मात्र कानुनी कारबाहीको माग गर्दै विष्णु ढुङ्गेललगायत अन्य युवा विद्यार्थीलाई बिना सर्त तुरुन्त रिहाइ गर्न माग गरेको छ।

‘भदौ २३र२४ गतेका घटनाहरूको छानबिन गर्न जाँचबुझ आयोग गठन भइसकेको सर्वविदितै छ । ती घटनाहरूको छानबिन आयोगभित्रबाटै निष्पक्ष रूपमा हुनुपर्छ भन्दै हामी गम्भीर ध्यानाकर्षण पनि गराउन चाहन्छौँ ।’, विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको तस्बिर र भिडियो क्लिप मात्रलाई आधार बनाएर योजनाबद्ध रूपमा गरिएको गिरफ्तारी किमार्थ स्वीकार्य छैन ।’