७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कोषमा निजी क्षेत्रको अपेक्षित सहभागिता बढाउन नीतिगत सुधार आवश्यकः सचिव पुस्कर

कोषमा निजी क्षेत्रको अपेक्षित सहभागिता बढाउन नीतिगत सुधार आवश्यकः सचिव पुस्कर
अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको अपेक्षित सहभागिता बढाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ ।

आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सरकारको तर्फबाट हुनुपर्ने नीतिगत व्यवस्थाहरू समयमै कार्यान्वयन नहुँदा निजी क्षेत्रको अपनत्व अपेक्षित रूपमा विस्तार हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । तर सरकार आवश्यक सुधारका लागि तयार रहेको उहाँको भनाई छ ।  छिट्टै नीतिगत व्यवस्था परिमार्जन गर्ने उहाँले प्रतिवद्धता समेत जनाउनु भयो । उहाँकाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअन्तर्गत परिकल्पना गरिएका योजनाहरू द्रुत गतिमा कार्यान्वयन भईरहेका छन् ।

श्रमिकमा राज्यले संरक्षण गर्छ र भविष्य सुरक्षित छ भन्ने विश्वास पैदा भएको उहाँको दाबी छ । सामाजिक सुरक्षा योजनाले उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने आधार समेत निर्माण गरेको उहाँले बताउनु भयो । उहाँले कोषलाई प्रभावकारी बनाउन सबै पक्षको दायित्व रहेको उल्लेख गर्नुहुँदै जनचेतनामुलक कार्यक्रम, सहुलियत तथा आवद्धता निरन्तरता सुनिश्चित गर्ने कार्यक्रमहरूलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनु भयो । हाल सामाजिक सुरक्षा कोषमा करिव २५ लाख आवद्धता पुगेको उहाँले जानकारी दिनुभयो । कोषको पुँजी एक खर्ब रूपैयाँ बढी भएको उल्लेख गर्नुहुँदै उहाँले यो कोष देशकै सबैभन्दा ठूलो जनताको पुँजी भएको कोष बन्ने पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘योगदानमा आधारित समाजिक सुरक्षा ऐनले परिकल्पना गरेका कोषका योजनाहरु कार्यन्वयन गर्दे दु्रत गतिमा अगाडी बढेको छ । श्रमिकहरुमा राज्यको संरक्षण छ । अनि हाम्रो भविष्य पनि सुनिश्चित छ भन्ने भरोसा पलाएको छ भन्ने मैले ठानेको छु । यसले उत्पादन र उत्पादकत्वमा सुधार गर्दे लैजाने आधारहरु पनि निर्माण गरेको छ । यदपी यो योजनालाई अझ प्रभावकारी बनाउँदै, सुधार गर्दै अगाडी बढ्नको लागी हामी सबैको दायित्व हो भन्ने मलाई लाग्दछ । आवद्धता बढाउँदै लैजानको लागी आवद्धता निरन्तरताको लागी प्राथमिकताको सोहीका अनुसारको जनचेतना, सहुलियत लगायतको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउनको लागी मन्त्रालय प्रतिवद्ध छ । कोषप्रति निजि क्षेत्रको अपन्नत्वलाई अपेक्षित रुपमा गतिवान बनाउन सरकारको तर्फबाट हुनुपर्ने केही नितिगत व्यवस्थाहरु र प्रतिवद्धताहरु समयमा नै गर्न सकिरहेका छैनौ । तथापी नेपाल सरकार असाध्यै प्रयासरत रहेको छ । र यथाशिघ्र यो विषयमा केही व्यवस्थाहरु गरेर अगाडी बढ्ने प्रतिवद्धता पनि जनाउन चाहन्छु । सामाजिक सुरक्षाका योजनाहरुले समाजलाई मात्रै बलियो बनाउने होईन, सार्वजानिक वित्तलाई पनि सुदृढ बनाउँदछ । आन्तरिक पुँजी परिचालनको महत्वपुर्ण आधार बन्न सक्नेमा सायदै दुईमत होला । हालसम्म करिब २५ लाखको आवद्धता, एक खर्व भन्दा बढी पुँजी भईसकेको आजको दिनले संकेत गरिरहेको छ, यो कोष देशको सबैभन्दा ठुलो पुँजी भएको जनताको भरोसा भएको कोष बन्दैछ ।’ 

सामाजिक सुरक्षा योजनाले समाज मात्र नभई सार्वजनिक वित्त प्रणाली र आन्तरिक पुँजी परिचालनलाई समेत सबल बनाउने उहाँले बताउनु भयो ।