२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ वर्ष सत्ताको आलमा बस्दा लागेको धुलो र हिलो पखाल्न विशेष महाधिवेशन गरौँः गुरु घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशमार्फ संगठन पुर्नसंरचनाको माग बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै घिमिरेले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले विगत ३५ वर्षको पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन आयोजना अपरिहार्य आवश्यकता भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेस विगत ३५ वर्षदेखि निरन्तर सरकारमा रहेको उल्लेख गर्दै सरकारमा रहँदा गरेका कामहरुको समिक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले पार्टीको सुधारको लागि केन्द्रिय समितिको सिमित घेराले मात्रै पर्याप्त नहुने भन्दै नियमित महाधिवेशन अपरिहार्य रहेको उनले दोहो¥याउनु भयो ।

सत्तामा बसेका बेला पार्टीले सञ्चित गरेको धुलो र हिलो पखाल्नुपर्ने घिमिरेको तर्क थियो । उहाँले गत असोज २८ देखि चलिरहेको काँग्रेस केन्द्रिय समितिको बैठकले आजसम्म उल्लेख्य निष्कर्ष निकाल्न नसक्नु पार्टी नेतृत्वको कमजोरीको परिणाम भएको पनि बताउनु भयो । उहाँले काँग्रेस केन्द्रिय समिति बैठकले संसारका सबै रेकर्डहरु भंग गरिसक्दा समेत निर्वाचनमा सहभागि हुने निर्णयबाहेक निष्कर्ष निकाल्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्नुको सट्टा उल्टै अपमानित गर्ने काम गरेको भन्दै त्यस्तो नगर्न समेत पार्टी नेतृत्वलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘३५, ३६ वर्षअघिको घटनालाई हामी समिक्षा गरौँ । विगत ३५ वर्ष सरकार चलाउँदा हामीले कतै कमजोरी त गरेनौं ? कतै हामी बिग्रिएका त छैनौं ? हाम्रो मात्रै गल्ती छ कि अरुको पनि गल्ती छ ? त्यसको समिक्षा गरौँ । समिक्षा गर्नको लागि केन्द्रीय समितिको साँघुरो घेरा मात्रै पर्याप्त छैन । त्यो घेरामा मात्रै छलफल गरेर पर्याप्त भएन । त्यसैले नियमित महाधिवेश गरौँ । हामीले विनम्रतापूर्वक महाधिवेशनको लागि अनुरोध गर्दा पनि पार्टी नेतृत्वले सुनेन । पार्टी नेतृत्वको कानमा बतास लागेन । त्यसैले हामीले सल्लाह गरेर गरेर २ हजार ४ सय ८८ जनाको हस्तक्षरसहति केन्द्रीय कार्यालयमा प्रश्ताव दर्ता गर्यौं । हामीले उक्त कार्य विग्रह र अनुशासनहीन काम नभएको कार्यवाहक सभापतिज्यूलाई भन्यौं । सत्ताको आलमा बस्दा लागेको धुलो र हिलो पखालौं । जनताको अगाडि देखाउन मिल्ने बनाऔँ । अनुहार सफा पारेर उज्यालो बनाऔँ । विगतमा भएका कमजोरीको अपराधवोध गरेर बस्ने होइन । अगाडिको बाटो हेरेर सच्याएर अगाडि बढ्ने हो । तर पार्टी केन्द्रीय समितिको बैठक विश्वमा किर्तीमान राख्नेगरी बैठक बस्दा पनि निष्कर्ष निकाल्न सकेका छैनौं । २८ असोजमा शुरु भएको बैठक आजसम्म पनि निष्कर्षमा पुग्न सकेका छैनौं । बैठकबाट हामीले निर्वाचनमा भाग लिनेबाहेक केही निष्कर्ष निकाल्न सकेका छैनौं ।’

उहाँले विशेष महाधिवेशनमार्फत नयाँ पुस्ताको सहभागितासहित पार्टी पुनःसंरचना गर्नुपर्ने माग दोहो¥याउनु भयो । उहाँले पुस मसान्तसम्म विशेष महाविधेशनको कार्यकालिता सार्वजनिक गर्न माग समेत गर्नुभयो ।