७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पोखरामा चाँडै त्रिविको पठनपाठन शुरु हुन्छः उपकुलपति अर्याल

पोखरामा चाँडै त्रिविको पठनपाठन शुरु हुन्छः उपकुलपति अर्याल
अ+ अ-

काठमाडौँ । पोखरामा पनि त्रिभूवन विश्वविद्यालय (त्रिवी) को पठनपाठन शुरु हुने भएको छ ।

बुधवार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रश्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।

गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको बताउनु भयो । उहाँले सञ्चारकर्मीहरुमाझ त्रिविको पठनपाठनका लागि काठमाडौंमा नै आउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न पनि पोखरामा त्यसको च्याप्टर तत्काल स्थापना गर्न लाग्ने र सबै प्रदेशमा त्यसलाई सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम रहेको स्पष्ट पार्नुभयो । त्रिवि पुनर्संरचना गर्ने सरकारको नीति अनुसार सो काम गर्न लागिएको पनि उपकुलपति अर्यालले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यस पटकको नीति तथा कार्यक्रममा पोखरालाई प्रादेशिक च्याप्टरको रुपमा एउटा टियु च्याप्टर गण्डकी प्रदेश र सेरोफेरो कतिलाई छुन सक्छ । अर्को हप्ताको अर्को हप्तामा हामी स्थलगत निरीक्षणमा गएर त्यहाँ कतिवटा क्याम्पसहरु रहेका छन् ? कतिलाई ओगटन सकिन्छ ? त्यो क्षेत्रमा विद्यार्थीले पाउने सुविधा काठमाडौं आउन नपर्ने गरी कति भौतिक पूर्वाधार चाहिन्छ ? एउटा आधार बनाएर एकदमै चाँडो हुने गरी भईरहेको बिल्डिङले नभएर अर्को विल्डिङ बनाएर भएपनि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष स्वयम हामीसँग जाँदै हुनुहुन्छ । एउटा च्याप्टर हामी टुंग्याउँछौँ । त्यो एक्सरसाइजलाई अन्य प्रदेशहरुमा पनि सात वटै प्रदेशमा विस्तार गर्दै लैजान्छौँ ।’

सो विश्वविद्यालयको नीति तथा कार्यक्रममा जीर्ण रहेका भौतिक पूर्वाधार निर्माणमा जोड दिने, विश्वविद्यालयको अनुसन्धान विभागहरुलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उल्लेख गरिएको छ । उपकुलपति  प्रा. डा. अर्यालले विश्वविद्यालयले अनुसन्धानको कामलाई पनि विशेष ढंगले अघि बढाउने योजना तय गरेको बताउनु भयो ।