४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण

स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण
अ+ अ-

काठमाडौँ ।  “म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकु¥याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई दिनुभएको जिम्मेवारीले अहिले पूर्णताः पाएको छ ।

पेमलाले नारायण गोपालको उक्त उद्गारलाई नारायण गोपाल सङ्गीत कोषद्वारा प्रकाशित ‘बागीना’ को स्मृति अङ्कको संस्मरणमा लेख्नुभएको छ । नारायण गोपालको उक्त सुरमय सपना महाराजगञ्जस्थित नवनिर्मित ‘गीत गङ्गा’ भवनले पूरा गरेको छ । यद्यपी, गुरुवाचार्य जीवित छँदा भने यो कार्यले पूर्णता पाउन सकेन ।

महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट नजिक एक रोपनी चार आना जग्गामा निर्मित ‘गीत गङ्गा’ सङ्गीतमय भवनमा रूपान्तरण हुँदैछ । यहाँ एक अत्याधुनिक स्टुडियो, विभिन्न सङ्गीतका कक्षाकोठाहरू, नारायण गोपालको सङ्ग्रहालय र एक सङ्गीतसम्बन्धी एफएम रेडियो पनि सञ्चालनको तयारी भइरहेको छ । यहाँका दुई भवनमध्ये एउटालाई ‘गीत गङ्गा’ र अर्काेलाई नारायण गोपाल सङ्गीत कोषको कार्यालयका रूपमा निर्माण गरिएको कोषले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको तत्कालीन नेतृत्वले गरेको निर्णयबाट उक्त भवन निर्माणार्थ रु पाँच करोड ५० लाख विनियोजन भएपछि विसं २०७७ देखि काम सुरू भएको थियो । त्यसबेला कामपा–३ का वडाध्यक्ष दीपक केसी अहिले नारायण गोपाल सङ्गीत कोषको अध्यक्ष भएर स्वरसम्राटको अन्तिम इच्छालाई साकार बनाउने अभियानमा अगुवाई गर्दै हुनुहुन्छ ।

अध्यक्ष केसीले पहिलो कार्यकालमा वडाध्यक्ष हुँदा २०५३ सालमा महाराजगञ्जमा नारायण गोपाल चोक नामकरण गरी उहाँको शालिक निर्माण गराउनुभएको थियो । विसं २०७१ देखि कोषमा जोडिनुभएका केसीले ‘गीत गङ्गा’ भवन नेपालको सबैभन्दा ठूलो ‘फुल अर्केष्ट्रा’ सहितको स्टुडियो निर्माण हुँदैछ ।

“अस्पतालको श्ययामा रहेका बेला स्वरसम्राटले आफ्नो हात्तिगौँडाको जग्गा बेचेर सङ्गीत विद्यालय खोल्न भन्नुभएको थियो, त्यहाँको जग्गा बेच्न नमिलेकाले महाराजगञ्जको जग्गालाई राष्ट्रको सम्पति बनाएका छौँ । ‘गीत गङ्गा’ भवन नयाँ पुस्ताका लागि सङ्गीतको ज्ञान केन्द्र हो”, अध्यक्ष केसीले भन्नुभयो, “हामीलाई महानगरबाहेक अहिले अन्य सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन । कोषमा रहेको रु ६० लाखको रकमबाट वार्षिक कार्यक्रम र पुरस्कार सञ्चालन गरिरहेका छौँ ।”

यही मङ्सिर १९ गते नारायण गोपालको ३५औँ स्मृति दिवसका अवसरमा कोषको आयोेजनामा ‘गीत गङ्गा’ भवनको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबाट उद्घाटनका साथै स्रष्टा सम्मान र पुरस्कार वितरण कार्यक्रम हुँदैछ । कोषले गायक तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर र वरिष्ठ सर्जक बिबी थापालाई सम्मान र जनही रु ५१ हजार राशिको पुरस्कार बालकृष्ण सजीव (रचना), राजु अग्रवाल (सङ्गीत) र दावा ग्याल्मो देवान (गायन) लाई  पुरस्कार प्रदान गरिने जनाएको छ ।

सफल एवं ख्यातिप्राप्त आधुनिक नेपाली गायक नारायण गोपाल गुरूवाचार्यको जन्म विसं १९९६ असोज १८ र मृत्यु विसं २०४७ मङ्सिर १९ भएको थियो । नेपालको पहिलो पुस्ताका गायक नारायण गोपालका एक सय ३७ गीत रेकर्डिङ भएका छन् । उहाँका ‘बिछोडको पीडा…’, ‘ए कान्छा ठट्टैमा यो वैँश जान लाग्यो…’, ‘जाग, लम्क चम्क हे…’, ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि…’, ‘मेरो बेहोसी…’, मुटु माथि ढुङ्गा राखी…’, ‘मलाई छोडी मेरो छायाँ…’, ‘छोपिएर घामको झुल्का…’, ‘पर्खी बसेँ आउला भनीँ…’ लगायत सयौँ लोकप्रिय गीत छन् ।

गीत र सङ्गीत क्षेत्रका स्थापित व्यक्तित्वहरू लक्ष्मीप्रसाद देवकाटा, प्रेमध्वज प्रधान, रत्नशम्शेर थापा, पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, नातिकाजी, शिवशङ्कर, चाँदनी शाह, दिनेश अधिकारी, कालिप्रसाद रिजाल, किरण खरेल, शम्भुजीत बाँस्कोटा आदिका सृजनासँग सहकार्य गर्दै नारायण गोपालले नेपाली गीतको आधुनिकतामा विशेष आयाम थप्नुभएको हो । रासस