९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

मुन्धुम संस्कृतिविद् तथा साहित्यकार बैरागी काइँला सम्मानित

मुन्धुम संस्कृतिविद् तथा साहित्यकार बैरागी काइँला सम्मानित
अ अ+ अ-

काठमाडौँ। मुन्धुम संस्कृतिविद्, याक्थुङ–लिम्बू भाषा र बौद्धिक इतिहासका धरोहर मानिने तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ लाई आज यहाँ आयोजित एक कार्यक्रमकाबीच सम्मानित गरिएको छ ।

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा आज यहाँ आयोजित आबाला बह्म चारी षडानन्दको १५१ जयन्ती एवं १८ औँ वार्षिकोत्सव तथा षडानन्द पुरस्कार अर्पण समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार रु एक लाख, दोसल्ला र सम्मानपत्रबाट बैरागी काइँलालाई सम्मानित गरिएको हो ।

यसैगरी षडानन्द क्षेत्रीय पुरस्कारबाट नेवारी संस्कृति, भाषा तथा बाड्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई रु ५१ हजार, दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । योग तथा तन्त्रविद् प्रा विद्यानाथ उपाध्याय भट्टले बैरागी काइँला र काशीनाथ तमोटलाई सम्मानपत्र प्रदान गर्नुभयो । साहित्य, संस्कृति तथा मुन्धुम दर्शनमा उहाँले पुर्‍याएको योगदान अद्वितीय रहेको भट्टको भनाइ छ ।

उहाँले भन्नुभयो, “सम्मानित भएका व्यक्तिहरू संस्कृति, भाषा तथा बाड्मय क्षेत्रमा प्रकाशस्तम्भझैँ बनेका छन् । उहाँहरूको जीवनपर्यन्त योगदानलाई कदर गर्दै सम्मानित गर्न पाउनु हाम्रो गर्व हो ।” उहाँले नेवारी ऐतिहासिक भाषिक संरचना, लिपि तथा संस्कृतिमा तमोटको योगदान उच्च रहेको बताउनुभयो ।

तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ ले आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “याक्थुङ–लिम्बू भाषा, लोक साहित्य तथा मुन्धुम संस्कृतिको संरक्षण, शिक्षा र प्रवर्द्धनका लागि जीवन समर्पित गरेको भावनालाई आज सम्मान गरिएकोमा म अत्यन्त खुसी छु । भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान दिने सबैले यस्ता अवसर पाउनु आवश्यक छ ।”

काइँला विगत पाँच दशकदेखि लिम्बू भाषा, मुन्धुम अध्ययन, मौलिक लोककथा, गीत, मिथक, संस्कार–संस्कृति तथा समुदायको मौखिक इतिहास सङ्कलन–संरक्षणमा सक्रिय रहँदै आउनुभएको छ । उहाँका कृति तथा अध्ययनहरूले पूर्वी नेपालको सांस्कृतिक इतिहास र याक्थुङ समुदायको पहिचानलाई विश्वभर चिनाउने महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रा चेतोनाथ गौतमले संस्थाले भाषिक, साहित्यिक तथा सांस्कृतिक योगदानकर्तालाई बर्सेनि सम्मानित गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो मूल उद्देश्य भाषा, साहित्य, शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन हो । योगदान गर्ने व्यक्तिलाई प्रोत्साहन र कदर प्रदान गर्नु नै हाम्रो निरन्तर अभ्यास हो ।”

उहाँका अनुसार प्रतिष्ठानले आगामी वर्षहरूमा पनि राष्ट्रिय तथा क्षेत्रीय योगदानकर्ताहरूको पहिचान, अध्ययन, दस्तावेजीकरण र सम्मान–पुरस्कार कार्यक्रमलाई अझ विस्तार गर्ने योजनासमेत अघि सारेको छ ।

कार्यक्रममा षडानन्द सिताराम गुठीको वर्तमान अवस्थाको अध्ययन प्रतिवेदन समेत लोकार्पण गरिनुका साथै दाता महानुभावहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

उक्त समारोहमा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय विद्वान्, अनुसन्धानकर्ता, लेखक, विद्यार्थी तथा सामाजिक अगुवाहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रमका बीचमा षडानन्दको जीवन, आध्यात्मिक साधना, योग, तन्त्र तथा उनका सामाजिक–शैक्षिक योगदानबारे कार्यपत्र प्रस्तुति, सांस्कृतिक झाँकी र काव्यात्मक सम्मान कार्यक्रम पनि गरिएको थियो ।