१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसकेः सञ्चारमन्त्री खरेल

सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसकेः सञ्चारमन्त्री खरेल
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरु निर्वाचनको लागि तयार भइसकेको बताउनुभएको छ ।

मंगलवार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उहाँको सो प्रतिक्रिया आएको हो । मन्त्रीपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले अव निर्वाचन हुँदैन कि भन्ने आशंका गर्ने ठाउँ नरहेको समेत बताउनुभयो । उहाँले निर्वाचनका लागि राजनीतिक दलहरुको तर्फबाट माहौल बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पार्नुभयो ।

मन्त्री खरेलले भन्नुभयो, ‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अगाडि बढाएको छ । महत्वपूर्ण प्रायः सबै राजनीतिक दलहरुले निर्वाचन आयोगमा दर्ता भईसकेका छन । तपाईले अघि कुरा उठाउनु भएको राजनीतिक दलले पनि आज दल दर्ता र नविकरणको काम अगाडि बढाईसकेको छ । अरु राजनीतिक दलहरुले पनि दल दर्ता अगाडि बढाईसकेका छन । निर्वाचन प्रयोजनका लागि जुन राजनीतिक दलहरुले दल दर्ता गरिसके । हामी निर्वाचनको विरोधी होइन भनिरहेका छन् । सुरक्षाको वातावरण बनाउन भनिरहेका छन् । गाउँ, टोलदेखि जिल्ला हुँदै क्षेत्रसम्म निर्वाचन लक्षित विभिन्न कार्यक्रमहरु गरिसकेका छन भनेपछि अव के आशंका रहेन भने अव सबै राजनीतिक दलहरु चुनावका लागि तयार भईसके । जुन राजनीतिक दलहरुले चुनावमा आउँदैनौ कि भन्ने जस्तो आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ता, नविकरण गरिसक्नु भएपछि अब निर्वाचनको माहौल राजनीतिक दलको तर्फबाट बनिसक्यो । मतदाता नामावली दर्ता गरेर ८ लाख भन्दा बढी मतदाता नामावली दर्ता भईसक्यो भनेपछि जनता निर्वाचनमा होमिसके । सुरक्षा योजना तयार भईसकेको छ । यहाँहरुलाई जानकारी गराउ । निर्वाचनको प्रयोजनका लागि सुरक्षा योजना तयार गरेर सुरक्षा निकायले तत्तत ठाउँमा त्यो योजना पठाएको छ । र कार्यान्वयन हुने अवस्था छ । अव हामी एक हिसावले चुनावको थप माहौल बनाउन, यसको माहौल झन प्रगाढ र थप स्पष्ट बन्दै गईसकेको कुरा म निवेदन गर्दछु ।’

त्यस अवसरमा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार आफूलाई अघि बढाएको दाबी समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल