४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम

झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम
अ+ अ-

तम्घास । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका सडक किनारका झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घासबाट सिमटारीसम्म पर्ने उक्त पक्की सडक किनारमा घाँस, स–साना रुख, बिरुवा र पातपतिङ्ग उम्रिँदा दुर्घटनाको जोखिम बढेको हो ।

अहिले सडकको छेउकुनामा घाँस, रुख, बिरुवा उम्रने, पातपतिङ्गर ढलमा गएर जम्मा हुनेलगायत समस्या देखिएको छ । ढल तथा नाला व्यवस्थापन नहुँदा वर्षायाममा पानी नालीबाट नभई सडकबाट बग्दा बीचबीचमा खाल्डा परेका छन् ।

वर्षायाममा गएको पहिरो र बाढीले बगाएर ल्याएको फोहर सफा नगर्दा सडक साघुँरिँदै गएको स्थानीय बताउँछन् । तम्घासबाट सिमलटारीसम्म पाँच मिटर चौडाइको २८ किमी उक्त सडक छ वर्षअघि विसं २०७६ मा स्तरोन्नति गरिएको थियो । कुल रु ८७ करोड ९१ लाख रकममा निर्माण गरिएको उक्त सडकबाट पुर्कोट दह, प्युठानलगायत स्थान पुग्ने सवारीसाधन सञ्चालन हुन्छन् ।

अहिले सडकको छेउकुनाबाट घाँसपात, स–साना रुख, पातपतिङ्गर पलाउँदा सडकको सौन्दर्य मेटिन थालेको इस्मा गाउँपालिका–६ का सुजन विष्टले बताउनुभयो । “दुईतर्फी सवारी सञ्चालन हुनुपर्नेमा सडक साँघुरिँदा एकतर्फी मात्र सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “सोही कारणले सडक दुर्गन्धित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।” उहाँले वर्षायाममा गएको पहिरो र बाढीले बगाएको फोहर नहटाउँदा सडक साँघुरिएको बताउनुभयो । सडकको माथिबाट आएको पहिरोले साँघुरो भएको भन्दै सम्बन्धित निकायले ध्यान नदिँदा समस्या बढ्दै गएको उहाँको भनाइ छ ।

धुर्कोट गाउँपालिका–५ का गणेश पाण्डेले सडकमा गएको पहिरो र छेउछेउमा उम्रिएका घाँसपात हटाएर सफा गर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभयो । “सडक सफा गरे दुइतर्फी सवारी सञ्चालनमा सजिलो हुन्थ्यो, हामी मोटरसाइकल लिएर हिड्नेलाई पनि सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

सोही राजमार्गमा सवारी व्यवसाय सञ्चालन गर्दै आउनुभएका चालक राजु खत्रीले सडकमा भएको लाहापरवाहीले गर्दा तोकेको समयमा यात्रुलाई सम्बन्धित गन्तव्यमा पु¥याउन नसकिएको गुनासो गर्नुभयो । उम्रिएका घाँसपात सफा नगर्नु, वर्षायाममा गएको पहिरो नहटाउनु, सडकको बीचमा परेका खाल्डाखुल्डीको व्यवस्थापन नगर्नुलगायत कारणले यात्रु र सवारी धनी दुवैलाई यात्रामा सास्ती हुने गरेको उहाँको भनाइ छ ।

बिरामीलाई समयमा अस्पताल पु¥याउनुपर्नेमा कहिलेकाँही सडक साँघुरो भएकाले कारण बाधा हुँदै आएको खत्रीले बताउनुभयो । सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन बिग्रने समस्या देखिन थालेको उहाँको भनाइ छ ।

तम्घासबाट सिमलटारीसम्म २८ किमीअन्तर्गत रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिका पर्दछन् । उक्त खण्ड भएर ती पालिकाका साथसाथै मदाने गाउँपालिका– ढोरपाटन हुँदै प्यूठानसम्मका दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिकले यात्रा गर्छन् ।

सडकको स्वामित्व पाएको मदन भण्डारी राजमार्ग, गुल्मीले उक्त खण्डमा दुई जना कामदार खटाएर काम भइरहेको जनाएको छ । कामदार पर्याप्त नहुँदा उनीहरूले निश्चित क्षेत्रमा काम गरेपनि सबैतिर सफाइ नभएको स्थानीयको गुनासो छ ।

कार्यालय प्रमुख रमेश चौधरीले सडकको निश्चित खण्डमा ठेक्कामार्फत काम भइरहेको बताउनुभयो । अहिले निश्चित ठाउँमा मात्रै कामदारले झाडी सफाइ गरे पनि अन्य ठाउँमा यथाशीघ्र कामसक्नेगरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो । रासस