९ श्रावण २०८३, शनिबार
,
Latest
आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।

तर उनले पार्टी सदस्यता भने यथावत् रहने बताएका छन्।

विष्टले कार्यव्यस्तताका कारण जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गर्न नसकेकाले राजीनामा दिएको बताए। उनले भने, “पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट मात्र राजीनामा दिएको हुँ।”

राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमिति बैठक बोलाएका थिए। बैठकका सहभागीहरूले उनलाई राजीनामा नदिन दबाब दिए पनि उनले थप सोचविचारपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए।

पार्टीको प्रचलनअनुसार उनले आफ्नो राजीनामा बागमती प्रदेश समितिमा बुझाएका छन्।

विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाको तर्फबाट काठमाडौं–१० बाट उम्मेदवार बनेका थिए।