४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

महाधिवशनलाई भाड्ने प्रयास हुँदैछ, सफल हुँदैनः ओली

महाधिवशनलाई भाड्ने प्रयास हुँदैछ, सफल हुँदैनः ओली
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिनुभयो । एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । अध्यक्ष ओलीले सो महाधिवेशन भव्यताका साथ सम्पन्न हुने दाबी समेत गर्नुभयो । उहाँले सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले फराकिलोपन र फराकिलोपनका साथ सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो ‘एमालेको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । र म देख्दैछु, सुन्दैछु । त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु–त्यस प्रकारको सोच नै नबनाउनुस् । नेकपा एमालेको महाधिवेशन भाँडने सोच नबनाउनुस् । एमाले आफ्नो महाधिवेशन गर्छ । आफ्ना ठाउँमा बसेर गर्छ । यस देशका लागि, यस देशको रक्षा, यसको सार्वभौमसत्ता, त्यसको स्वाधिनता, यसको स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, यसका जायज हितहरु, राष्ट्रिय हितहरु र यसको स्वाभिमानहरुलाई माथि उठाएर गर्छ । किन टाउको दुखाउने ? त्यसमा टाउको दुख्छ भने हाम्रो भन्नु केही छैन ।’

‘तर महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । अरु थप कुरा मैले अहिले केही भनिरहनु पर्दैन । नेपाली जनताले नेकपा एमालेको महाधिवेशनलाई आउँदो मंसीर २७, २८ र २९ गते हुने महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रुपमा स्थापित गर्नेछन । र, नेकपा एमाले यस कुरा सजग छ । अव म चाहन्छु–यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔ । फराकिलो मन, फराकिलोपनका साथ यस महाधिवेशनलाई लैजाऔं । मेरो आग्रह छ । विभिन्न सामाजिक संजालहरुमा केही भ्रमहरु फिजाइएको देख्छु । त्यस भ्रमहरुमा नलाग्नका लागि म साथीहरुलाई आग्रह गर्न चाहन्छु । कोही पनि नलागुन् यस्ता कुरा ।’

अध्यक्ष ओलीले एमालेले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमानलाई अझै उचाईमा पु¥याउने दाबी समेत गर्नुभयो ।