१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमती राख्नेहरुको पनि सुरक्षा गर्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमती राख्नेहरुको पनि सुुरक्षा गर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमका बीच सो फोर्सको घोषणा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले पनि आफ्नो पार्टीले सो फोर्समार्फत देश र जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपरेको बताउनु भयो । उहाँले सो फोर्स राष्ट्रिय हितमा समर्पित हुने भएकाले यसबाट कोही पनि आत्तिनुनपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो राष्ट्रिय हितको लागि गठन भएको हो । एमालेप्रति विमति राख्ने अथवा खुदै यो संगठनप्रति असहमती राख्नेहरुको पनि जीउधनको रक्षा गर्ने, उसको अधिकारको रक्षा गर्ने काममा लागि यो गठन भएको हो । त्यसकारण यसको अस्तित्व र विकाससँग यसको मजदुतीसँग कोही पनि आत्तिनु पर्दैन । कोही पनि तर्सिनु पर्दैन । यो देशमा शान्ति सुव्यवस्था कायम गर्नका लागि स्थापना भएको हो । राज्यले मात्रै शान्ति सुरक्षा कायम गर्ने अवस्था हामीले देख्यौँ, भोग्यौं । राज्यको संयन्त्रले मात्रै राज्यको, जनताको जिउधनको, राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसक्ने भएपछि त्यसको सुरक्षाका लागि यसको स्थापना गरिएको हो ।’

अध्यक्ष ओलीले सो फोर्सले राष्ट्रिय हितको क्षेत्रमा काम गर्ने समेत पटक पटक दोहो¥याउनु भयो ।