४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

जैविक तटवन्धले जमिन कटान रोकियोः प्रविधि प्रभावकारी देखिएपछि बजेट छुट्याउँदै स्थानीय सरकार

जैविक तटवन्धले जमिन कटान रोकियोः प्रविधि प्रभावकारी देखिएपछि बजेट छुट्याउँदै स्थानीय सरकार
अ+ अ-

काठमाडौँ । नदी छेउमा बनाइएको जैविक तटवन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

नदी छेउमा बनाइएका जैविक तटवन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रमा बसोवास गर्ने किसान लाभान्वित भएका छन् । पानी पर्ने बित्तिकै कर्णाली र शाखा नदीहरुका तटीय क्षेत्रमा रहेका समुदाय बाढीबाट प्रभावित हुने गर्छन् । त्यस्तै बाढीको अत्याधिक जोखिममा पर्ने स्थानमध्ये एक हो बर्दियाको मधुवन नगरपालिका वडा नं. २ को बंगालीपुर गाउँ । बंलालीपुरस्थित समुदायस्तरिय विपद् व्यवस्थापन समितिको सक्रियतामा औराही नदीको तटिय क्षेत्रमा २ सय २० मिटर लामो जैविक तटवन्ध निर्माण गरिएको छ ।

बंगालीपुर हुँदै बग्ने औराही खोलामा आउने बाढीले गाउँ नै डुबानमा पथ्र्यो । खेतको अन्न तथा तरकारीबालीको साथै सञ्चित खाद्यान्नमा पनि नोक्शान पुग्थ्यो । बस्तीमा पानी पसेपछि स्थानीयहरु घर छोड्न बाध्य हुन्थे । पशु चौपाय र बालबच्चा लिएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता अहिले छैन ।  खोज तथा उद्धार समिति बंगालीपुरका संयोजक गीता थारुकाअनुसार त्यस्ता तटबन्धले कटान रोक्ने मात्रै नभई धेरै कृषि उत्पादनहरु सुरक्षित भएको र केही स्थानमा बाढी आउन समेत रोकिएको बताइन् । बंगालीपुरका चौकीदार लक्ष्मिराम थारु जैविक तटबन्ध बनेपछि बाढीको त्रास हटेकोमा खुशी छन् । स्थानीय सम्झना थारुको खुसी पनि चुलिएको छ । किन कि अब बाढी आयो भनेर बालबच्चा च्यापेर भाग्नुपर्ने अवस्था छैन ।

विक्रम संवत २०७२ मा बाढीउत्थानशील कार्यक्रममार्फत प्राक्टिकल एक्शनको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानबाट जैविक तटवन्ध निर्माण भएपछि २ सय १५ घरधुरी डुबानबाट जोगिएका छन् । मधुबन नगरपालिका वडा नं। २ का अध्यक्ष आशाराम थारु अन्य जोखिम पूर्ण स्थानमा पनि जैविक तटवन्ध बनाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

विक्रम संवत २०६५ मा दोदा नदीमा आएको बाढीबाट शुक्लाफाँटा नगरपालिका १२ तिल्कीका १२ परिवार र लालझाडीको सिंगो गाउँ नै विस्थापित भयो ।  प्राक्टिकल एक्शन र पेसवानको सहकार्यमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत तिल्की आसपास दोदा नदीमा चार सय मिटर जैविक तटवन्ध निर्माणपछि बाढी मात्रै रोकिएको छैन, वर्षौंदेखि बाँझो जमिन हराभरा भएका छन् । स्थानीय ८५ घर परिवारमा खुशी ल्याएको छ ।

समुदायका लागि जलवायु उत्थानशिल कार्यक्रमका प्राविधिक सुपरीवेक्षक जनक लेखकले वातावरणमैत्री र स्थानीय स्रोतसाधन प्रयोगबाट निर्माण गरिने जैविक तटवन्ध कम खर्चिलो र धेरै प्रभावकारी रहेको बताउनु भयो ।

पहिलो चरणमा परियोजनाबाट १० लाख ६८ हजार ४ सय र दोश्रो चरणमा १० लाख ५० हजार ३ सय गरी लगभग २१ लाख रुपैयाँ रकम खर्च गरिएको छ । ४ सय मिटर लामो जैविक तटवन्ध  निर्माणमा स्थानीयवासीले १ लाख १० हजार बराबरको जनश्रमदान गरेका छन् । जैविक तटवन्धले ३० हेक्टर क्षेत्रफल जमिन कटान हुन बाट जोगिएको छ । तटवन्ध पछि तटिय क्षेत्रका स्थानीयले बगर छेउमा उखु, सखरखण्ड, बदाम लगायत कृषि तथा तरकारी लगाएर आयआर्जन गर्न थालेका छन् ।
बर्दियाको गुलरिया नगरपालिकास्थित बालापुरमा सबैभन्दा पहिले जैविक तटवन्ध निर्माण गरिएको थियो ।

यो तटवन्ध सफल अनि प्रभावकारी देखिएपछि जलवायु उत्थानशिलमा काम गर्दै आएका संघ संस्था र स्थानीय सरकारले चासो देखाइ बजेट छुट्याउन थालेका छन् । अहिले राजापुर नगरपालिकाको राजापुरुवा मुक्तकमैया टोल, जानकी गाउँपालिकाको सातबिघा, बक्लहवा, फरेला, गेरुवा गाउँपालिकाको दक्षिणपुरमा पनि जैविक तटबन्ध बनाईएको छ । अहिले यी स्थानमा मनसुन तथा अन्य समयमा पानी पर्ने बित्तिकै नदी तटिय गाउँबस्ती डुवानमा पर्ने तथा स्थानीयको घर, कृषिबाली तथा भण्डारण गरिएको खाद्यान्नमा हुने क्षति रोकिएको छ । तटिय क्षेत्रका बासिन्दाले नदी किनार तथा बगरमा तरकारी तथा अन्नबाली लगाएर आयआर्जन पनि गर्न थालेका छन् ।