४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै
अ+ अ-

तनहुँ । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ ।

दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास–१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस खण्डमा पर्ने १४ किमीमध्ये हालसम्म सात किमी सडक कालोपत्र भइसकेको छ ।” उक्त विनियोजित बजेटले यस वर्ष एक किमी कालोपत्र गरेपछि छ किमी बाँकी रहने उहाँले बताउनुभयो ।

सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्र्तगत विश्व बैंकको रु छ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाबाट गत भदौमा आवश्यक कागजपत्र पेस गरिसकिएको छ । सहयोगी दाता सकारात्मक छन्, जेनजी आन्दोलनका कारण केही समय ढिलाइ भएको हो ।”

गण्डकी प्रदेश सरकारबाट रु एक करोड बजेट पुनः विनियोजन भएको जनाउँदै केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरले पटकपटक गरी हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मोटरमार्गको स्तरोन्नतिका लागि नगरले बर्सेनि बजेट विनियोजन गर्दै आइरहेको छ ।”

आदिवासी जनजातिको बाहुल्यता रहेको यस क्षेत्रमा घरबासका रूपमा पर्यटन प्रवर्द्धन कार्य हुँदै आएको छ । स्थानीय कला, संस्कृति र परम्पराको जर्गेना गर्दै स्थानीय उत्पादनलाई घरबासमा प्राथामिकता दिइँदै आइएको कार्यवाहक वडाध्यक्ष आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पहुँच वृद्धि भएसँगै अब छिट्टै केशवटार सुगम गाउँ बन्ने अपेक्षा गरिएको छ ।” रासस