२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन



अ+ अ-

धरान । धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ओडान (अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको संयुक्त आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न भएको हो ।

धरानमा पहिलोपटक आयोजना गरिएको सम्मेलनमा ११ जना भारतीय र ९० जना नेपाली चिकित्सकको सहभागिता थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष तथा प्रतिष्ठानका सह प्राध्यापक डा प्रभात रञ्जन पोख्रेलले जानकारी दिनुभयो ।

सम्मेलनमा विज्ञहरूले अर्थोडोन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक्ससम्बन्धी नयाँ प्रविधि, अनुसन्धान र अनुभवबारे कार्यपत्र र प्रस्तुति दिनुभएको थियो । शुक्रबार भएको कार्यशालामा चिकित्सकले आफ्ना व्यावहारिक अनुभव प्रस्तुत गर्नुभएको थियो भने आज शनिबार ११ वटा सोधपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा क्लियर अलाइनर्स, सेल्फ लिगेटिङ ब्र्याकेट्स, टेम्पररी एंकरिज डिभाइस र डिजिटल ट्रिटमेन्ट योजनालगायत प्रविधि समावेश गरिएको थियो । विशेष गरी भारतमा सामान्यतया प्रयोगमा नआएका सामग्री र बाङ्गा दाँत मिलाउने नयाँ प्रविधि पनि सम्मेलनमा प्रस्तुत गरिएको थियो । भारतीय विशेषज्ञ प्रा डा अभिषेक घोस, प्रा डा अभिषेक गुप्ता र डा अभिराम चेरुकुरीले विशेष प्रस्तुति दिनुभएको थियो ।

डा पोख्रेलका अनुसार, अर्थोडोन्टिक चिकित्सा दाँत र जबडाको असमान्य स्थिति सुधार गरी अनुहारको सौन्दर्य, दाँतको स्वास्थ्य र चपाइको क्षमता सुधारमा सहयोग पुग्ने भएकाले नेपालमा यस्ता नयाँ प्रविधि र उपचार विधि छिटो भित्र्याउन यस्ता सम्मेलन उपयोगी रहेको बताउनुभयो ।

त्यस अवसरमा प्रा डा रवीन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रम श्रेष्ठलगायत दुई देशका चिकित्सकको उपस्थिति थियो । रासस