१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली विस्फोटको असरः राम चरणको फिल्मको छायांकन रद्ध



अ+ अ-

एजेन्सी । नोभेम्बर १० मा दिल्लीको लालकिल्ला मेट्रो स्टेशन नजिक भएको विस्फोटमा १३ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका छन्।

जुन स्थानमा ब्लास्ट भएको थियो, त्यहाँबाट केही दूरीमा अभिनेता राम चरणको आगामी फिल्म पेड्डी को सुटिङ हुने तयारी थियो। उनले पहिल्यै लालकिल्लाभित्र सुटिङ गर्ने अनुमति लिएका थिए, तर अब विस्फोटपछि सबै बुकिङ रद्द गरिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार, राम चरणको आगामी फिल्म पेड्डीको केही प्याचवर्क बाँकी थियो, जसका लागि टिमलाई लालकिल्ला र त्यस वरिपरिको क्षेत्रमा सुटिङ गर्ने अनुमति दिइएको थियो। तर अब उक्त तालिका परिवर्तन गरिएको छ।

राम चरणको टिमले नोभेम्बर १५ र १६ का लागि लालकिल्ला र आसपासका स्थानमा सुटिङ गर्ने योजना बनाएको थियो, तर बुकिङ रद्द भएपछि अब सुटिङ सम्भव हुने छैन। अभिनेत्री रश्मिका मन्दनाले पनि आफ्नो आगामी फिल्मको सुटिङ लालकिल्ला नजिक गर्ने तयारी गरेकी थिइन्, तर हालसम्म उनको सुटिङ रद्द भएको कुनै खबर आएको छैन।

राम चरणको फिल्म पेड्डी २०२६ मार्च २७ मा रिलिज हुने तालिका छ। यसको सुटिङ लगभग पूरा भइसकेको छ। फिल्मका केही दृश्यहरू लालकिल्ला नजिक सुट गरिएका हुन्, तर केही प्याचवर्क अझै बाँकी छन्। यस फिल्ममा राम चरणसँग जान्हवी कपुर मुख्य भूमिकामा देखिनेछिन्। त्यस्तै, अभिनेता शिवा राजकुमार, जगपति बाबु र दिव्येन्दु पनि महत्वपूर्ण भूमिकामा छन्। दिल्लीका साथै यो फिल्म हैदराबाद, श्रीलंका र पुणेमा पनि सुट गरिएको हो।

फिल्मलाई ए.आर. रहमानले संगीत दिएका छन् र यसको डिजिटल अधिकार नेटफ्लिक्सले खरिद गरेको छ।

नोभेम्बर १० को साँझ करिब ६ः५१ बजे लालकिल्ला मेट्रो स्टेशन नजिक सिग्नल हरियो भएपछि गाडीहरू अघि बढ्दै गर्दा चलिरहेको आई२० कारमा विस्फोट भयो।

शक्तिशाली धमाकासँगै आगोको लप्का उठे र वरिपरिका धेरै गाडीहरू क्षतिग्रस्त भए। यस विस्फोटमा १३ जनाको मृत्यु भयो र धेरै जना घाइते भए। विस्फोट भएको दुई दिनपछि त्यस स्थानबाट करिब ३०० मिटर टाढा एउटा काटिएको हात फेला परेको प्रहरीले जनाएको छ।