२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ मतदातामा निर्वाचनको उत्साह



फाइल फोटो
अ+ अ-

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ ।

गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय बढीको नाम दर्ता भइसेकको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६ सय १८ जनाको नामावलीमा नाम दर्ता भएको छ । जसमा २०१ महिला र ४१७ पुरुष रहेका छन् ।

यस्तै बाहिरी जिल्लाका दुई महिला र सात पुरुषको पनि नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले  बताउनुभयो । यसअघि यहाँ एक लाख ६१ हजार ३१२ जनाको नामावलीमा नाम दर्ता भएको तथ्याङ्क छ । जसमा ८२ हजार १२६ पुरुष, ७९ हजार १८४ महिला र दुई तेस्रोलिङ्गी रहेका छन् ।

निर्वाचन आयोगको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ मा गएर अनलाइनमार्फत आफ्नो विवरण आफैँ भर्न सक्ने व्यवस्था छ । अनलाइन विवरण भरिसकेपछि आवेदन फारम प्रिन्ट ल्याएर निर्वाचन कार्यालयमा फोटो र फिङ्गर प्रिन्ट लिनुपर्छ । त्यसपछि नामावलीमा नाम दर्ता हुने गर्दछ ।

नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ । रासस