५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

एक सय २० दिनभित्र लिग गर्न तयार छौं–एन्फा

एक सय २० दिनभित्र लिग गर्न तयार छौं–एन्फा
अ+ अ-

काठमाडौँ । नेपाली फुटबलको शीर्ष डिभिजन शहीद स्मारक ‘ए’ डिभिजन लिग एक सय २० दिनभित्र आयोजना गर्न सरोकारावाला तयार भएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा क्लव र फुटबल खेलाडीबीच भएको छलफलबाट   अबको एक सय २० दिनभित्र ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको हो ।

गत कात्तिक १७ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकबाट एन्फा र क्लवले आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुस ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेका थिए । यस वर्ष पनि लिग नहुने भएपछि गत बिहीवार एन्फामा फुटबल खेलाडीहरूले आन्दोलन गरेका थिए । यसपछि नै एन्फाले सोमवार आफ्नै कम्प्लेक्समा नै खेलाडीलाई बैठकमा बोलाएका थियो ।

तर उनीहरूले उक्त बैठक लाइभ गर्न माग गरेपछि सम्भव भएन र मंगलबारका लागि सिंहदरबारमा भएको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सिंहदरबारमा मंगलवार बोलाएको बैठकमा १४ मध्ये तीन विभागीयसहित पाँच क्लब मात्र सहभागी भए । सरोकार पक्ष क्लव पूर्ण नभए पनि एन्फाले क्लव खेल्न तयार भएमा लिग आयोजना गर्ने बताएको छ । एन्फाका सहायक महासचिव बद्री भट्टराईले खेलाडीहरूबाट पुसभित्र नै लिग गर्ने माग भए पनि अन्तत् एक सय २० दिनपछि नै लिग गर्ने सहमति भएको बताएका छन् । लिग गर्न क्लवलाई पनि समय आवश्यक पर्ने कुरामा छलफल भएपछि त्यो समयअवभित्र सहमति निस्किएको उनको भनाइ छ ।

क्लब खेल्न तयार हुँदा एन्फा लिग गर्न तयार नै रहेको सहायक महासचिव भट्टराईले बताएका छन् । तर यो बैठकमा १४ क्लवमध्ये पाँच वटा मात्र सहभागी रहेको उनले उल्लेख गरेका छन् । बाँकी क्लबसँग पनि मन्त्रालयले छलफल अगाडि बढाउने कुरा आएको एन्फाका सहयाक महासचिव भट्टराईले उल्लेख गरे । एन्फाका महासचिव भट्टराईले आवश्यक परेको ठाउँमा मन्त्रालयले पनि सहजीकरण गर्ने प्रतिवद्धता आउनु सुखद पक्ष रहेको बताएका छन् । लिग हुँदा दशरथ रंगशालामा बिग्रिएको खण्डमा त्यसमा मन्त्रालयले पनि सहयोग गर्ने कुरा आएको उनले उल्लेख गरेका छन् । समस्या भएको ठाउँमा मन्त्रालयलाई भन्न र समस्या नहुँदा लिग आयोजना गर्न एन्फालाई निर्देशन प्राप्त भएको एन्फाका सहायक महासचिव भट्टराईले जानकारी दिए ।

भोली या पर्सीभित्र बाँकी क्लबलाई पनि छलफलमा राखेर लिगको विषयमा टुङ्गो लगाउन मन्त्रालयले तयारी गरिरहेको उनले उल्लेख गरेका छन् । भट्टराईले एन्फा बजेट नभएर लिग गर्न गराउनबाट पछि हटेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । सरोकारवाला पक्ष सबै एकजुट भएर अगाडि बढ्दा लिग सम्भव रहेको उनले बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मंगलवार बोलाएको सरोकारवालासँगको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लवबीच अबको चार महिनाभित्र लिग गर्ने सहमति भएको छ । मन्त्री गुप्ताले एन्फालाई लिगको मिति प्रश्ताव गर्न आग्रह गरेका थिए ।

लामो छलफलपछि एक सय २० दिनभित्र लिग आयोजना गर्ने सहमति भनिए पनि १४ वटै क्लवको सहमति नभएकाले अझै अन्योलता छ । यद्यपि, मन्त्री गुप्ताले बाँकी क्लवसँग पनि छलफल गर्ने र उनीहरूलाई मनाउने बताएका छन् । केही क्लवहरू भने त्यो मन्त्रालयको क्षेत्राधिकारीभित्र नपर्ने र क्लव स्वतन्त्र रहेको भन्दै सिंहदरबारको बैठकमा सहभागी भएका छैनन् ।