३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोप हुँदै गोरुगाढा



अ+ अ-

इनरुवा, (सुनसरी) । दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा९बैलगाडी० पछिल्लो समय लोप हुँदै गएको छ ।

जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्राय: सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले बताउनुभयो । यातायातका साथै सामान ओसार्ने एउटा महत्त्वपूर्ण साधनका रूपमा रहेको गोरुगाडा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुँदै गएको उहाँको भनाइ छ ।

बिहेमा जन्ती जानका लागि ग्रामीण भेगमा गोरुगाढाको प्रयोग हुँदै आएकामा सवारीसाधनको विकास भएसँगै प्रयोग घट्दै गएको बताउँदै देवानगञ्जका किसान रामवृक्ष मेहताले किसानले पनि कम प्रयोग गर्न थालेका उल्लेख गर्नुभयो ।

पहिला घरमा ओसार्नेदेखी सामग्री ल्याउन तथा बिहेबारीमा जन्ती जान, गर्भवतीको प्रसूति गराउन अस्पताल लान एम्बुलेन्सको काम पनि गर्ने साधनका रूपमा रहेको गोरुगाडा अहिले देखिन छाडिसकेको स्थानीयवासीले बताएका छन् ।

किसानले कृषिकर्ममा गोरु र काठबाँसको प्रयोग गरी बनाएको गोरुगाडा पछिल्लो समयमा आएर हाते ट्याक्टर, ट्याक्टर अर्थात् प्रविधिको प्रयोग बढ्दै गएपछि प्रयोग घट्दै जाँदा लोप हुने अवस्थामा पुगेको छ । रासस