२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।

मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि सोनल नेतृत्वको समूहले विपक्षी दल काँग्रेसलाई समेत साथमा लिएर नयाँ सरकार गठनका लागि पहल थालेको हो ।

सोनलसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, नेकपा (माओवादी केन्द्र) का उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्त पार्टीकी उर्मिला देवी सिंह प्रदेश प्रमुख भण्डारीसँग भेट गरेर संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।

कार्यवाहक मुख्यमन्त्री सोनलकाअनुसार अहिले १०७ सदस्यीय प्रदेशसभामा करिव ८५ सांसदले आफूहरूको पक्षमा समर्थन जनाएको छ ।