काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने भन्ने नै अहिलेको मुल प्रश्न बनेको भएको जनाउनु भएको छ ।
सामाजिक संञ्जालमा एक स्टाटस राख्दै महामन्त्री शर्माले हाल चलिरहेको प्रमुख बहस ‘नियमित महाधिवेशन पुसमा गर्ने कि बैशाखमा’ भन्ने विषय होइन, बरु ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने भन्ने नै अहिलेको मुल प्रश्न बनेको जनाउनु भएको छ ।
उहाँले काँग्रेसको विधानले नियमित महाधिवेशन पुस, माघ, बैशाख वा अन्य कुनै समयमा गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ । तर, बिधानको दफा १७(२) अनुसार बिशेष महाधिवेशन ९० दिनभित्र सम्पन्न गर्नै पर्ने बाध्यात्मक प्रावधान रहेको स्पष्ट गरिँदै, यस विषयमा कुनै “इफ, बट, इन्तु, परन्तु” नगरी प्रष्ट बुझ्नुपर्ने जनाउनु भएको छ ।
उहाँले काँग्रेस केन्द्रीय समितिमा यो विषयमा भइरहेको छलफल पार्टीको मात्र होइन, राष्ट्रिय जीवनका लागि पनि अत्यन्तै महत्त्वपूर्ण रहेको बताइएको छ । नेताहरूका अनुसार, केही दिनभित्रै एकता र परिपक्वतासाथ निर्णयमा पुग्नु जरुरी रहेको जनाएको छ ।
उहाँले लेख्नु भएको छ “काँग्रेसले काँग्रेसको जीवनका लागि गर्नुपर्ने काम भन्दा ठूलो देशका लागि गर्नुपर्ने कामहरू छन्,” भनिएको छ, “त्यसका लागि आन्तरिक ‘मुल प्रश्न’ भन्दा माथिको देशको मुल प्रश्नमा काँग्रेस सबल र सफल हुनुपर्ने छ ।”









