२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएमसी थियटरमा ‘शून्यदेखि सगरमाथा’ डकुमेन्ट्रीको ऐतिहासिक प्रदर्शन



अ+ अ-

अटलान्टा, अमेरिका। नेपाली पत्रकार तथा लेखक प्रेम बानियाँको परिकल्पनामा तयार डकुमेन्ट्री ‘शून्यदेखि सगरमाथा (Zero to 8848)’ को पहिलो प्रदर्शन (फर्स्ट शो) आज एएमसी थियटरमा एक अभूतपूर्व र ऐतिहासिक जमघटबीच सम्पन्न भयो।

कार्यक्रममा सिनेटर शेख रहमान, क्लार्कस्टन मेयर बेभर्ली ब्रुक्स र किंग अफ पप् ओमबिक्रम बिष्ट विशेष अतिथि रहनुभयो। शो हाउसफुल उपस्थितीसहित सम्पन्न भएको थियो। कार्यक्रममा अमेरिकी सरकारी अधिकारी, यहाँस्थित नेपाली संघसंस्था, र नेपालीभाषी समुदायको व्यापक सहभागिता देखियो।

करिब १ मिलियन डलर लागतमा निर्माण गरिएको उक्त डकुमेन्ट्री नेपालको झापा कचनकवलदेखि सगरमाथाको शिखरसम्मको यात्रामा आधारित छ। यसले समुद्र सतहको शून्य तहदेखि विश्वकै सर्वोच्च शिखरसम्मको सबैभन्दा छोटो दूरीमा आधारित ट्रेकिङ ट्रेल अवधारणालाई पहिलोपटक विश्वमाझ प्रस्तुत गरेको छ।

डकुमेन्ट्रीको परिकल्पना, लेखन र नेतृत्व प्रेम बानियाँले गर्नुभएको हो। यसमा चर्चित हलिउड डकुमेन्ट्री पात्र तथा नर्थ फेसका ब्रान्ड एम्बासेडर कोनराड एन्कर, १८ पटक सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा आरोही पुश्कर शाह, र माउन्टेनियर आङ पासाङ शेर्पा आदिको फिचरिङ छ।

डकुमेन्ट्रीको निर्देशन र सम्पादन निरन्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् भने कार्यकारी निर्माता श्रीराम वाग्ले हुन्। निर्मातामा कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जय नारायण शाह रहेका छन्।

निर्माण कम्पनीका अनुसार ‘शून्यदेखि सगरमाथा’ डकुमेन्ट्री विश्वका प्रमुख शहरहरूमा क्रमशः प्रदर्शन गरिनेछ।