९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित



अ+ अ-

काठमाडौँ । हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसंग १७ रनले पराजित भएको छ ।

जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले १४ बलमा अर्धशतक प्रहार गरेपनि टोलीले जित हासिल गर्न सकेन । जोराले १४ बलमा ८ छक्का र १ चौका मा ५३ रन बनाएका थिए । त्यसपछि उनी रिटायर्ड भएका थिए । सिक्सेसमा ५० रन बनाउने खेलाडी रिटायर्ड हुनुपर्ने प्रावधान छ ।

यस्तै, अर्को ओपनर लोकेश बमले १० रन बनाउदा राशिद खानले ११ र मोहम्मद आदिल आलमले नटआउट ११ रन जोडे।

अफगानिस्तानका फरमुल्ला र इजाज अहमद अहमदजाइ ले समान १ विकेट लिए ।

यसअघि हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो ।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिएका थिए । अर्को विकेट लोकेश बमले लिएका थिए ।