९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

केजीएफमा रकीका काकाको रोल निभाउने कलाकार हरीश रायको निधन



अ+ अ-

एजेन्सी । सुपरहिट साउथ सिनेमा केजीएफमा रकीका काकाको भूमिका निभाउने कलाकार हरीश रायको निधन भएको छ।

हरीश राय लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । उनको बेंगलुरुको किदवई अस्पतालमा निधन भएको हो । उनको निधनसँगै कन्नड फिल्म उद्योगमा शोक छाएको छ।

हरीश थाइराइड क्यान्सरबाट पीडित थिए, जुन पेटसम्म फैलिसकेको थियो । यस कारणले उनको स्वास्थ्य निकै बिग्रिएको थियो र पेटमा पानी जम्मा हुँदा उनलाई ठूलो पीडा हुन्थ्यो ।

क्यान्सरको उपचारका कारण हरीश लामो समयसम्म फिल्मबाट टाढा रहे । पछि उनी केजीएफमार्फत फिल्ममा फर्किएका थिए । तर, क्यान्सर फेरि फैलिएको कारण उनलाई पुनः फिल्मबाट टाढा रहनु परेको थियो ।

घाँटीमा फुलिएको लुकाउन दाह्री राखे

हरीशले युट्युबर गोपी गौडुलाई दिएको एक अन्तर्वार्तामा बताए कि उनी पछिल्ला तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनले खुलासा गरे कि फिल्म केजीएफमा लामो दाह्री राख्नुको कारण घाँटीको सुन्नोपन लुकाउनु थियो।

अन्तर्वार्तामा हरीशले आर्थिक कठिनाइका कारण उपचार समयमै नभएको समस्या पनि बताए। पैसाको अभावका कारण उपचार ढिला भयो, जसले उनको अवस्था अझ बिग्रियो।

फिल्ममा नेगेटिभ रोलका लागि परिचित
हरीश कन्नड फिल्म उद्योगका प्रख्यात अभिनेता थिए। उनी कन्नड फिल्ममा नेगेटिभ रोलका लागि परिचित थिए। केजीएफबाहेक उनले जोडी हक्की, तयव्वा, सञ्जु वेड्स गीता जस्ता धेरै हिट फिल्ममा काम गरेका थिए।