२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को नामकरण हुन नसकेपछि भट्टराईको ट्विट ‘कुछ तो शरम करो यारो !’



अ+ अ-

काठमाडौँ । प्रदेश २ को नामकरण हुन नसकेपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिन्दी भाषामा ट्वीट गर्दै सो प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन भनेर प्रश्न गरेका छन् । ‘मधेसी पहिचानलाई संविधानले नै स्वीकार गरिसकेको अवस्थामा प्रदेश २ को नाम मधेस प्रदेश किन हुन सक्दैन ?’ भन्ने प्रश्न उनले उठाएका हुन् ।

बुधबार ट्वीट गर्दै उनले ‘पूर्वमाओवादी’ नेताहरु मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्वनयाँशक्ति’ का नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै सो प्रश्न गरेका हुन् । अन्त्यमा उनले लेखेका छन्, ‘कुछ तो शरम करो यारो! ’

उनको ट्वीटमा प्रतिक्रियाको ओइरो लागेको छ । कतिपयले उनलाई हिन्दी भाषाभन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन् भने कतिपयले जातीय राज्यको पक्षमा वकालत नगर्न सुझाव दिएका छन् ।