१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहार विधानसभा निर्वाचनः धनुषाको जटही नाका १२ घण्टा बन्द, दुवै देशका सुरक्षाकर्मी तैनाथ



अ+ अ-

काठमाडौँ । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ ।

बिहीवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो । भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा निकायले पनि सहयोग गर्दै सीमा क्षेत्रमा कडा निगरानी र चेकजाँच बढाएको छ । निर्वाचनको समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदान प्रक्रियालाई सुरक्षित बनाउन दुवै देशका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा उच्च सतर्कताका साथ खटिएका छन् ।

नेपालतर्फ सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रूपमा गस्ती र जाँचलाई तिब्र पारेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले निर्वाचन अवधिभर सीमा क्षेत्रमा शंकास्पद गतिविधि रोक्न चेकजाँच र निगरानीलाई अझ कडा बनाइएको बताउनु भयो ।

सीमा बन्द हुँदा दुवैतर्फका सवारीसाधन, पैदल यात्री, स्थानीय व्यापारी तथा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरूलाई असहज भएको छ । जटही नाका दैनिक रूपमा नेपाल–भारतबीचको व्यापार, आवागमन र आपूर्ति श्रृंखलाको महत्वपूर्ण मार्ग हो । बन्दका कारण दुवैतर्फ सयौं सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् भने तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तुको ढुवानी पनि प्रभावित भएको छ ।–