काठमाडौँ। नेकपा (एमाले) निकट युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरोमा उजुरी दिने तयारी गरेको छ।
संघका अध्यक्ष क्षितिज थेबेका अनुसार बालेनले गत शनिबार विभिन्न दल र शक्ति राष्ट्रविरुद्ध आपत्तिजनक शब्द प्रयोग गरी देशको इज्जतमाथि धावा उठाएको र समाजमा घृणा फैलाएको आरोप छ।
थेबेले बालेनको स्टाटसले मित्र राष्ट्रहरूलाई चिढाउने र नेपालको प्रतिष्ठामा आघात पुर्याउने भएकाले कारबाहीको माग गरिएको बताए। संघले आज दिउँसो २ बजे भोटाहिटीस्थित साइबर ब्युरोमा उजुरी दिने जनाएको छ।
बालेनले शनिबार राति आपत्तिजनक स्टाटस पोस्ट गरी एक घण्टा नपुग्दै हटाए पनि त्यसपछि चौतर्फी विरोध भइरहेको छ।










