६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

गृहमन्त्रीले जनताको भरोसा तोडे, पदमा टाँसिएर बस्नु राष्ट्रप्रतिको अपमानः सुदन गुरुङ

गृहमन्त्रीले जनताको भरोसा तोडे, पदमा टाँसिएर बस्नु राष्ट्रप्रतिको अपमानः सुदन गुरुङ
अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेको र पदमा टाँसिएर बस्नु राष्ट्रप्रतिको अपमान भएको बताएका छन्।

गुरुङले लेखेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन। देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही गर’ भन्ने सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।”

उनले गृहमन्त्रीलाई पदबाट हट्ने आफ्नै वाचा सम्झाउन आग्रह गर्दै भनेका छन्, “काम गर्न नसके पद छोड्ने भन्नुभएको वाचा सम्झनुहोस्। अब दुई महिना हुन लागिसक्यो, न कुनै भ्रष्टाचारको कारबाही भएको छ, न कुनै हत्याराको।”

गुरुङले सरकारप्रति गम्भीर असन्तोष व्यक्त गर्दै थपे, “देशको हितका लागि लड्दा मैले भ्रामक समाचार र चरित्र हत्या सहें, तर कामले बोल्छ भन्नेमा विश्वास राखें। तर अब तपाईंबाट आशा मरिसकेको छ।”

उनले युवापुस्ता सचेत भइसकेको उल्लेख गर्दै गृहमन्त्रीलाई चेतावनी दिएका छन्, ‘चेतना होस्, चुनावको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्न गरिएको आन्दोलन होइन यो।”

गुरुङले चेतावनी दिँदै भनेका छन्, “यदि नेपाली जनता र जेन–जीका मागहरू सम्बोधन भएनन् भने यसपालिको चुनाव हुन दिइने छैन। अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।”