१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्तिका र शिभाली सेमिफाइनलमा



अ+ अ-

काठमाडौं। स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे ।

पुरुष सिंगल्समा प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुशमान हजुर घलेलाई ६–२ र ६–१, छेवाङ लामाले निश्चल कायश्थलाई ७–५ र ६–४, राजवीर प्रधानले सर्वेश खनाललाई ६–० र ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–० र ६–२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४ र ६–४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६–० तथा निहालजंग बहादुर थापाले सन्तोष खत्रीलाई ६–४ र ६–३ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठले विविध भट्टचनलाई १०–६, ८–१० र १०–४ तथा सर्वज्ञजंग खत्रीले सत्विक मल्होत्रालाई १०–६ र १०–६ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०–६ र १०–४ तथा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–८ र १०–८ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।

यु–९ गल्र्स सिंगल्समा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायश्थ र हीरादेवी ऐडीले जित हात पारे । त्यसै स्पर्धाको ब्वाइजमा सर्वज्ञजंग खत्री विजयी भए ।

यु–१० ब्वाइज सिंगल्समा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवालले सफलता पाए । यु–१२ ब्वाइज सिंगल्समा आरित मल्ल, निधाये राणा, अभिषेक बलयल्कोटी, वेदान्त चालिसे, सभ्यजंग कार्की, सुजन कुइकेल, अर्याशराज पौडेल र विश्वविशेष डल्लाकोटी सफल भए । उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, अनुश्री ध्वजु, सरा पन्त र नाइरा घलेले जित हात पारे ।

यु–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक, असभसम्राट हाडा, साङ्गे रोकाया र दर्शिल श्रेष्ठ विजयी भए ।