२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडी र युरोपसहित ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भइरस (कोभिड १९) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।

बुधबार उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो ।